शितल महल चोकका सुजनको ज्यान गयो

८ श्रावण २०७६, बुधबार १०:१०
Death-Murchunga TV

मकवानपुर, ८ साउन । सरकारी कारको ठक्करबाट गम्भीर घाईते भएका हेटौँडा ४ शितल महल चोकका २२ वर्षीय सुजन कार्कीको उपचारको क्रममा ज्यान गएको छ । गत आईतबार त्रिभुवन राजपथको बाघझोरामा सरकारी कारको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक कार्कीको उपचारका क्रममा पुरानो मेडिकल कलेज चितवनमा निधन भएको हो ।

भीमफेदी गाउँपालिका वडा नम्बर १ बाघझोरामा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११० नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै गरेको ना ५४ प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कार्कीको टाउकोमा चोट लागेर गम्भीर घाईते भएका थिए ।

उनको मंगलबार राति ९ बजे निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । कारको ठक्करबाट मोटरसाइकल पछाडी बसेका हेटौँडा – १० का रजित सुर्खेतिको भने हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।

यो पनि हेर्नुहोस्
हेटौँडामा बिहानै दुर्घटना

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाकी संगिताको ‘साँझको बेला’ यस्तो बन्यो

कवानपुर जिल्लाबाट कला क्षेत्रमा उदाउँदै गरेकी नवप्रतिभा संगिता आले मगरको ‘साँझको बेला’ कभर गीत सार्वजनिक भएको छ । हेटौँडामा कला क्षेत्रमा सक्रिय ओपेरा ईन्फोटेन्मेन्ट प्रालिले तयार पारेको भिडियोलाई प्रालिको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । धन पाख्रिनको परिकल्पना तथा विक्रम लुङ्वाको निर्देशन तथा छायाँकनमा तयार भएको भिडियोलाई विक्रम आफैले सम्पादन गरेका छन् । म्यूजिक भिडियोमा संगिता आफैले अभिनय समेत गरेका छन् ।

‘साँझको बेला’ मा ओरिजिनिल आवाज तृष्णा गुरुङको रहेको छ । तृष्णा र हरकुल्स बस्नेतको शब्द तथा संगितमा तयार भएको गीतमा याङ्जीन लामा र प्रविन लिम्बुले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई बिजु कर्माचार्यले निर्देशन गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा ओरिजिनल गीतलाई ६४ लाख ९५ हजार भन्दा बढी पटक हेरिएको छ । गीतमा ३५ हजारभन्दा बढी लाईक करिब १ हजार ६ सय वटा कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*