
फेरि डुब्यो शान्ति नगर

मकवानपुर, ८ साउन । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण हेटौँडाको शान्ति नगर पूनः डुबानमा परेको छ । यसअघि पनि लगातार परेको वर्षाले डुबेको शान्तिनगरले राहत नपाउँदै पूनः डुबानको समस्या भोग्नु परेको हो । हेटौँडा ५ को शान्ति नगरसँगै बानियाँ टोल पनि डुबेको छ । यस क्षेत्रमा ९ वटा भन्दा बढी घर डुबानमा परेको स्थानीयले बताएका छन् ।
गरदोई खोलामा आएको बाढी गाउँ प्रवेश गरेपछि हेटौंडा ५ का उक्त स्थानका घरहरु डुवानमा परेको मकवानपुर प्रहरीले जनाएको छ । डुबानमा परेपछि वडा प्रहरी कार्यालय हेटौँडाबाट प्रहरी निरीक्षक सन्तोष श्रेष्ठको नेतृत्वमा उद्वार कार्य भइरहेको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
राप्ती नदिमा भेल आएपछिको गर्जन
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
युट्युब ट्रेण्डिङ– ‘भद्रगोल, पराना र बसबस रे’ को घम्साघम्सी
केही दिनअघिसम्म नेपाली युट्युब ट्रेण्डिङमा भारतीय चलचित्र र भिडियोहरुको कब्जा रहेता पनि यो पटक भने युट्युब ट्रेण्डिङको पहिलो, दोस्रो र तेस्रो स्थानमा नेपाली भाषाकै सामाग्रीहरुले कब्जा जमाएका छन् । यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा नेपाली कमेडी टेलिसिरियल भद्रगोल, दोस्रो स्थानमा नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ को ‘पराना’ बोलको गीत र तेस्रो नम्बरमा द कार्टुन्ज क्रियुको ‘बस–बस रे’ बोलको गीत पर्न सफल भएको छ ।
१) भद्रगोल–युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् । भद्रगोलको होली स्पेशल एपिसोड यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको नम्बर १ मा छ । यो भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा १७ लाख १४ हजारभन्दा बढी पटक हेरिएको छ भने भिडियोमा १८ हजारभन्दा बढी लाईक गरिएका छन् । निकै नै चर्चामा रहेको यो टेलिसिरियललाई रामसार मिडियाले युट्युबमार्फत सार्वजनिक गरेको हो । मिडिया हबको निर्माणमा बनेको सिरियलका पात्रहरु समेत निकै नै चर्चित छन् । जेपिटि क्रियशन ब्यानरमा निर्माण हुँदै आएको सिरियलमा अर्जुन घिमिरे, कुमार कट्टेल, कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोबिन्द कोइराला, दिपक आचार्य लगायतका कलाकारहरुले दर्शकलाई पेट मिचिमिचि हाँस्न बाध्य बनाउँछन् । सिरियललाई कुमार कट्टेल र अर्जुन घिमिरेले लेख्ने गरेका छन् भने निर्देशन समेत उनीहरुले नै गर्ने गरेका छन् । निर्देशनमा दिपक आचार्यको समेत हात रहने गरेको छ । सागर खड्काले खिचेको सिरियलको शिर्ष गीत चर्चित गायक राजेश पायल राईले गाएका छन् भने संगीत राजेन्द्र श्रेष्ठको रहेको छ । सिरियलका जिग्री, पाँडे, जयन्ते लगायतका पात्रहरु निकै नै चर्चित छन् । हेरौँ बाँकी भिडियोमा-
२) पराना– नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ३’ को दोस्रो गीत बुढासुब्बा डिजिटलमार्फत शुक्रबार सार्वजनिक भएको हो । ‘पराना’ बोलको गीत यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको दोस्रो नम्बरमा छ । गीतको भिडियोलाई १५ लाख ८० हजार पटकभन्दा बढी हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा गीतमा ५६ हजार लाईक, करिब ४ हजार डिसलाईक र करिब ६ हजार कमेन्टहरु गरिएका छन् । नायिका झरना थापा र निर्माता सुनिल कुमार थापाकी छोरी सुहाना थापाको डेब्यू चलचित्रको यस अघि नै पहिलो गीत र टिजर सार्वजनिक भइसकेको छ । गीतमा अनमोल केसी, सुहाना थापा र सलोन बस्नेत लगायतका कलाकारहरुलाई फिचरिङ गरिएको छ । आशिष अविरल र अञ्जु पन्तको आवाज रहेको गीतलाई आनन्द अधिकारीले लेखेका हुन् । गीतमा आशिष अविरलकै संगित र संगीत संयोजन छ । झरना थापाको निर्देशन र सुनिल कुमार थापाको निर्माणमा बनेको चलचित्रमा अनमोल, सुहाना र सलोनका साथमा अर्पण थापा, रबिन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रमा चेतन गुरुङ,बाबुराम दाहाल, सुमन पौडेल र प्रतिक पौडेलले स्क्रीन प्ले र डाईलग लेखेका छन् । उदयराज पौडेलको एरेन्जमा निर्माण गरिएको गीतहरुमा आशिष अविरल, कल्याण सिंह, कोशिष क्षेत्री, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत छ । हिमाल केसीको द्वन्द समावेश चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, प्रविण सिंह र राहुल शाहको कोरियोग्राफी हेर्न सकिन्छ । सैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर समावेश चलचित्रमा सत्यम राना र अच्यूत बजागाईले भिएफएक्स गरेका छन् ।
३) बस–बस रे– नेपालको लोकप्रिय डान्स समूह कार्टुन्ज क्रियुको नयाँ गीतको म्यूजिक भिडियो ‘बस–बस रे’ युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा छ । यो सामाग्री तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई ७ लाख ८७ हजारभन्दा बढी पटक हेरिएको छ । एन्जिला रेग्मी र प्रताप दासको आवाज रहेको गीतमा डिपि खनालको शब्द र भिम बिसिको संगीत छ । उदयराज पौडेलले मिक्सिङ गरेको गीतको म्यूजिक भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमागाईले खिचेका हुन् । सरोज अधिकारीको निर्देशन तथा परिकल्पनामा तयार भएको भिडियोलाई आश्मा विश्वकर्मा, सुविन चौहान र सरोजले नै कोरियोग्राफी गरेका छन् । म्यूजिक भिडियोमा क्रियुका सरोज अधिकारी, लाक्पा डि लामा, राम घले, सुबिन चौहान, साजन चौहान, पेम्बा मगर, ईश्वर श्रेष्ठ, आश्मा विश्वकर्मा, जेनिशा डंगोल, एलिशा तामाङ, रुबिना खड्गी र अस्मि भुजेलको अभिनय रहेको छ ।