कर्रा खोलाले ट्रक बगायो

८ श्रावण २०७६, बुधबार ०९:२७

मकवानपुर, ८ साउन । मंगलबार रातिदेखि परेको वर्षाका कारण हेटौँडाको कर्रा खोलामा आएको भेलले भारतीय नम्बर प्लेटको ट्रक बगाएको छ । हेटौंडा १७ स्थित कर्रा खोलामा आएको बाढीले हेटौंडा १७ हटियामा रहेको शिवम सिमेन्टको सामान अनलोड गरेर फर्कदै गरेको युपि ५६ टि ४०३९ नम्बरको भारतीय ट्रक बाढीले बगाएर पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्रक पुरिएपनि मानविय क्षति नभएको प्रहरी जनाएको छ । पानी परिरहेकोले ट्रकलाइ निकाल्न समस्या भएको छ । ट्रक पुर्ण रुपमा पुरिएको र नदेखिएको समेत प्रहरीले जनाएको छ । फाईल तस्बिर

यो पनि हेर्नुहोस्
हेटौँडाको राप्ति पुल खतरामा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

५ तस्बिरमा एलिशा राई (फोटो फिचर)

एलिशा राई, नेपाली कला क्षेत्रमा चर्चित नाम हो । सन् १९९६ जनवरी ५ मा जन्मिएकी एलिशालाई नेपाली कला क्षेत्रमा निकै नै रुचाईएको छ । उनले अभिनय गरेका चलचित्रदेखि म्यूजिक भिडियोहरु निकै नै चर्चामा छन् । ५ फिट २ ईञ्च अग्ली एलिशाले आफुलाई कलाकार, नृत्याङ्गना र मोडलका रुपमा आफुलाई चिनाउन सफल भएकी छिन् । हाल काठमाडौँमा बसोबास गर्दै आएकी उनले राई भाषाको चलचित्र ‘बिनायो’ मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेका हुन् ।
उनले युनाईटेड ट्यालेन्ट हन्ट २०१५ को उपाधि समेत जितेकी छिन् । चलचित्र ‘लुट २’ मा अभिनय गरेसँगै उनको चर्चा चुलियो । चलचित्रको ‘ठमेल बजार’ बोलको गीतले उनलाई थप उचाई प्राप्त गर्न सहज तुल्यायो । गायन र नृत्यमा रुचि राख्ने एलिशा यो कुरा गोप्य, भुन्टी लगायतका कयौँ म्यूजिक भिडियोहरु चर्चामा छन् । काठमाडौँमा जन्मिएकी उनी काठमाडौँको कपन बुढानिलकण्ठवासी हुन् । उनले युनाईटेड एकेडेमी ललितपुर र कान्तिपुर इङ्गलिस हाई स्कुलमा अध्ययन गरेकी हुन् । उनी आफ्ना आमाबुवाका एक्ली सन्तान हुन् । तस्बिरहरु माथिको लिंकमा हेर्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*