बुद्ध मावि पान्तलेका विद्यार्थीलाई सेनेटरी प्याड निर्माण तालिम

७ श्रावण २०७६, मंगलवार २१:४१

मकवानपुर, ७ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तलेमा अवस्थित बुद्ध माविका विद्यार्थीहरुलाई एक दिने पूनः प्रयोग गर्न मिल्ने सेनेटरी प्याड निर्माण तालिम प्रदान गरिएको छ । राडो नेपाल को आयोजना तालिम दिइएको हो ।

हेटौँडा १२ मा अबस्थित महिला सेवा सहकारी भवन मंगलबार सम्पन्न भएको तालिममा विद्यालयका छात्राहरुले सहभागिता जनाएका थिए । तालिममा विद्यालयका शिक्षिकाहरुको समेत सहभागिता रहेको थियो ।

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मकवानपुरे ठिटो’ ले चर्चा बटुल्दै

मकवानपुरका विभिन्न चर्चित पर्यटकीयस्थलहरुको नाम र त्यहाँका विशेषताहरु समेत समेटेर तयार पारिएको नेपाली लोक गीत ‘मकवानपुरे ठिटो’ चर्चामा छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पश्चिमी सुगन्ध मिश्रण भएको आरोप लागिरहेको समयमा मकवानपुरे युवा सर्जक छिरिङ दोर्जे लामाले आफ्नै कला सँस्कृति र मौलिकताको जगेर्ना गर्ने प्रयास गर्दै प्रेम र प्राकृतिक सौन्दर्यलाई गीतमार्फत एउटै मालामा उनेका छन् ।

मकवानपुरको आन्तरिक पर्यटनमा टेवा पुराउने किसिमको ‘मकवानपुरे ठिटो’ बोलको गीतलाई गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छिरिङकै लय तथा शब्दमा तयार भएको गीतमा जनक लामा, अर्चना स्याङ्तान र सेञ्जी ब्लोनको सुमधुर आवाज समेटिएको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मुङ्ग्रेकोटमा जन्मिएका छिरिङले यस गीतमा मुङ्ग्रेकोटदेखि पकनी र समग्र मकवानपुरको पर्यटकीय स्थललाई समेत चिनाएका छन् । गीतको म्यूजिक भिडियो समेत राम्रो बनेको छ । म्यूजिक भिडियोमा करिश्मा ढकाल, चन्द्र तामाङ, निर्मला मोक्तान र सुवाश तामाङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई प्रविन थापाले निर्देशन र नमराज घिमिरेले छायाँकन गरेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा नै गीतको म्यूजिक भिडियोलाई करिब १४ हजार पटक हेरिएको छ ।
महेश बाबुको चलचित्र युट्युब ट्रेण्डिङमा

साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ ।

चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ८ करोड ४८ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ लाख ६१ हजार लाईक र ७ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*