४० केजी गाँजा सहित मकवानपुरका अञ्जन पक्राउ

६ श्रावण २०७६, सोमबार १८:५३

मकवानपुर, ६ साउन । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर २ बस्ने ४३ वर्षीय अञ्जन शाहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति अन्दाजी१ बजेको समयमा ४० केजी लागु औषध गाँजासहित उनलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले दाबी गरेको छ ।

प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ०२ कालिधापमा उनलाई पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिरेन्द्र पनेरुको कमाण्डमा खटिएको टोलीले शाहको घरमा खानतलासी गर्दा घरको माथि चोटामा लुकाई राखेको गाँजासहित उनलाई नियन्त्रणमा लिएको हो ।

उनले अपराध गरेको पाइएमा उनलाई लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने बताइएको छ ।

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मकवानपुरे ठिटो’ ले चर्चा बटुल्दै

मकवानपुरका विभिन्न चर्चित पर्यटकीयस्थलहरुको नाम र त्यहाँका विशेषताहरु समेत समेटेर तयार पारिएको नेपाली लोक गीत ‘मकवानपुरे ठिटो’ चर्चामा छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पश्चिमी सुगन्ध मिश्रण भएको आरोप लागिरहेको समयमा मकवानपुरे युवा सर्जक छिरिङ दोर्जे लामाले आफ्नै कला सँस्कृति र मौलिकताको जगेर्ना गर्ने प्रयास गर्दै प्रेम र प्राकृतिक सौन्दर्यलाई गीतमार्फत एउटै मालामा उनेका छन् ।

मकवानपुरको आन्तरिक पर्यटनमा टेवा पुराउने किसिमको ‘मकवानपुरे ठिटो’ बोलको गीतलाई गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छिरिङकै लय तथा शब्दमा तयार भएको गीतमा जनक लामा, अर्चना स्याङ्तान र सेञ्जी ब्लोनको सुमधुर आवाज समेटिएको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मुङ्ग्रेकोटमा जन्मिएका छिरिङले यस गीतमा मुङ्ग्रेकोटदेखि पकनी र समग्र मकवानपुरको पर्यटकीय स्थललाई समेत चिनाएका छन् । गीतको म्यूजिक भिडियो समेत राम्रो बनेको छ । म्यूजिक भिडियोमा करिश्मा ढकाल, चन्द्र तामाङ, निर्मला मोक्तान र सुवाश तामाङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई प्रविन थापाले निर्देशन र नमराज घिमिरेले छायाँकन गरेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा नै गीतको म्यूजिक भिडियोलाई करिब १४ हजार पटक हेरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*