‘सिर्जना र असार’, बन्दीपुर र दुराडाँडे दाई

५ श्रावण २०७६, आईतवार १५:०१

धनप्रसाद तामाङ, बन्दीपुर, ५ साउन । ‘सालिन्द झैँ सम्पन्न भयो, यसपालाको ‘सिर्जना र असार’ साहित्यिक कार्यक्रम पनि । कास्की तनहुँ लमजुङ बाग्लुङ लगायत गण्डक सेरोफेरोका स्रष्टा सर्जक सिर्जनधर्मीहरुको सिर्जनाका अनेक विधाहरुको साथमा–सहितमा–साहित्यमा । सिधा खेतमै, गाभामै, रोपामै, रोपारहरुसंगै खेतालाहरुसंगै किसानहरुसंगै, उनीहरुको स्थलगत कृषिकर्मसंगै असारेभाका रन्काउदै, मनका मिठासहरु साट्दै, मनमाटोहरुमा अक्षर र अक्षताहरु डोब्दै उमार्दै, मनको ईन्द्रधनुषीले जीवन जीवन रम्ने प्रकृति उपवनहरु सजाउँदै, मनको जोवन सदा नवजवान राख्न, अपलक उजिल्याएर चम्काउन संचालित यो कार्यक्रम २०५६ बाट विभिन्न आरोह अवरोहका साथ जो निरन्तर जारी छ ।

यही निरन्तरता, निरन्तरतालाई अद्यावधिक राख्दै गण्डक क्षेत्रकै साहित्यका अलावा सामाजिक जीवनका अनेकौं क्षेत्रमा जिम्मेवार रहेका गंभीर स्रष्टा सर्जक सिर्जनधर्मीहरुको काव्ययिक घनत्वले प्राकृतिक हराभरा बन्दीपुर एककिसिमले काव्ययिक कान्तिपुर बनेको थियो । सर्वाङगिणी दीगो विकासका निम्ति मरुभूमिकरण, अति उपभोक्तीकरण तथा रसायनिकरणप्रति सतर्कता । प्रकृति, संस्कृति र प्रविधिको संतुलन सहित रैथाने जैविक वैशेषिक वैश्विक सहकार्यता ।। को त्जष्लप नयिदबििथ, ब्अत यिअबििथ अनुसार कृयाशील ‘सिर्जना र असार’ स्वयं नेपाली परिप्रेक्ष्यीय साहित्यिक समयको सिर्जना हो । र, उ आफै ‘असार’लाई ‘सिर्जना’को अपुर्ब जरुवाको झरझर झर्ने निर्झर झरुवा मान्दछ । त्यो मिठो सिर्जनाको समय काल महिना याम मौसम तथा ऋतु ठान्दछ ।
नेपाली लोकजीवनको साँस्कृतिक परम्परा अनुसार असार महिनाको प्रारम्भतिर मस्टो भुमि भुमे भुयार आदि पुजिन्छ । मध्यतिर ‘असारपन्ध्र’ र अन्त्यतिर ‘हिले बाबरी (पाप्रा)’ भनेर मानिन्छ । र यसपालाको असार चाहिँ बन्दीपुर सामुदायिक होमस्टेको आतिथ्यसत्कारकै ‘हिले बाबरी’विशेष रुपमा मनाएर सम्पन्न गरियो ।

बादलुको सितलता, पखेरीको सरसता र झर्नाखोला चरीबरी झ्याउँकिरिहरुको लहबरीमा तनहुँ झरेर बन्दीपुर उक्लिएका सिर्जना र प्रस्तुतिहरुमा निबन्ध स्मरण लघुकथा मुक्तक गीत गजलहरुको राम्रो सहभागिता रहेको थियो । जसका सर्जकहरुमा समसमायिक विचारका सशक्त कवि हेमबहादुर थापा (सराङकोट), टिकाराम पौडेल (स्याङ्जा), यामबहादुर घर्ती मगर (बाग्लुङ), नेपाली डिबी (कास्कीकोट), पार्वती जिसी (कास्की), खेमजंग गुरुङ (लमजुङ), भिमप्रसाद गौतम (तनहु), वाइबा दिपक (छेलाङ), धनप्रसाद तामाङ (सैमराङ) रहेका थिए ।

जसमा टिकाराम पौडेलको किसान, नेपाली डीबीको जेठोबुढो झिनुवा, यम घर्तीमगरको बाग्लुङकोट, खेमजंग गुरुङको दुराडाँडे दाइ र पार्वती जीसीको पहेलो बेसारले कार्यक्रमलाई रोचक सानदार र सार्थक सुन्दर पारेको थियो । दिउँसोको यिनै पहेँलो बेसारको तान र दुराडाँडे दाइको रन्कोहरु, बन्दीपुर सामुदायिक होमस्टेको साँस्कृतिक स्वागत, साँझको ‘हिले बाबरी’ सहित झम्केसाँझको सांगीतिक जम्काभेट सिर्जना र असार कार्यक्रम इतिहासकै बेजोड कार्यक्रम बन्यो । यसका लागि भिम गौतम, देबेन्द्र जि र बन्दीपुर सामुदायिक होमस्टे विशेष स्मरणीय हुनुन्छ ।

असार महिना, याम, यसभित्रका पर्व, संस्कृति, साँस्कृतिक सन्दर्भ र ‘हिले बाबरी’को मुलभुत मुल्यमान्यता, मर्म र महत्ता सहित कार्यक्रमको जानकारी तथा सहजीकरण परिकल्पनाकार धनप्रसाद तामाङबाट भएको थियोे । प्रमुख आतिथ्यता पुर्वमन्त्री भिमप्रसाद गौतम, अध्यक्षता दवाइवा दिपक, स्वागत कवि नेपाली डिवीले गर्नुभएको थियो ।

यो पनि हेर्नुहोस्
सरकारले अनलिमिटेड पैसा छाप्न किन मिल्दैन ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*