मकवानपुरका करप रुम्बाको दोस्रो गीत सार्वजनिक

५ श्रावण २०७६, आईतवार १३:२३

मकवानपुर, ५ साउन । मकवानपुरका उदयीमान गायक करप रुम्बाको दोस्रो गीतको लिरिकल भर्सन सार्वजनिक भएको छ । यस अघि ‘घर मेरो जिल्ला मकवानपुर’ बोलको सेलो गीत बजारमा ल्याएका उनले यस पटक भने डान्सिङ पप भर्सनको गीत तयार पारेका छन् । ‘सुनी देउन’ बोलको उनको नयाँ गीत उनकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

अहिले युट्युबमार्फत लिरिकल भिडियो सार्वजनिक गरिएता पनि गीतको म्युजिक भिडियो पनि तयार पार्ने योजना रहेको उनले बताए । ‘केही समयपछि यसको म्युजिक भिडियो पनि निकाल्ने तयारी गरेको छु’, उनले भने । पहिलो गीतलाई समेत माया प्राप्त भएको भन्दै दर्शक तथा श्रोतालाई दोस्रो गीत पनि सुनेर कमेन्ट गरिदिनका लागि उनले आग्रह गरेका छन् ।

गीतमा करपकै शब्द, सँगीत र आवाज रहेको छ । कर्साङ लामाको एरेञ्जमा तयार भएको गीतलाई बिग परिवेश स्टुडियोमा रेकर्डिङ गरिएको हो । मनहरी गाउँपालिकाको वडा नम्बर २ ठाडाखोलाका स्थायी बासिन्दा भएपनि अध्ययन र कामका सिलसिलामा हेटौँडामा बसोबास गर्दै आईरहेका रुम्बाले आफ्नै शब्द, संगीत र आवाजमा पहिलो र दोस्रो गीत तयार पारेका हुन् । हेरौँ नयाँ गीतको लिरिकल भिडियो–

यो पनि हेर्नुहोस्
कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

महेश बाबुको चलचित्र युट्युब ट्रेण्डिङमा

साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ ।

चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको समयमा चलचित्रलाई ८ करोड ४८ लाख ५ हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ लाख ६१ हजार लाईक र ७ हजार डिसलाईकहरु गरिएका छन् । चलचित्रमा ७ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*