हेटौँडा बचतले प्रस्तुत गर्यो १ अर्ब ४४ करोडको बजेट

४ श्रावण २०७६, शनिबार १७:५९

मकवानपुर, ४ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ नागस्वती स्थित हेटौँडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आज आर्थिक बर्ष २०७५–७६ को समिक्षा तथा आगामी आर्थिक बर्ष २०७६–७७ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ । संस्थाका अध्यक्ष ईन्द्र बहादुर बस्नेतको अध्यक्षतामा शनिवार संस्थाको सभाहलमा भएको कार्यक्रममा प्रबन्धक रामशरण गौतमले आर्थिक वर्ष २०७६–७७ को लागि उपयोगतर्फ १ अर्ब ३७ करोड ७६लाख ४२ हजार ७ सय र सञ्चालनतर्फ ६ करोड ३० लाख २२ हजार ३ सय ७५ गरी कुल रु १ अर्व ४४ करोड ६ लाख ६५ हजार ७५ रुपैयाको बजेट पेश गरेका हुन् ।

संस्थाले आर्थिक वर्ष २०७५–७६ को लागी रु ९७ करोड २६ लाख ९० हजारको अनुमानित बजेट पेश गरेको मा ११ प्रतिशत बृद्धि भै १ अर्व ८ करोड ९८ लाखको कारोबार गर्न सफल भएको छ । संस्थाको कुल बचत रु २८ करोड ९९ लाख ४५ हजार १३, ऋण लगानी ३३ करोड ४९ लाख १९ हजार ८ सय २९ र शेयर पुँजी ३ करोड ५४ लाख ४५ हजार २ सय रहेको छ । २०५६ सालमा स्थापना भएको संस्थामा हाल २ हजार ७ सय १० महिला र १ हजार ८ सय ६६ पुरुष गरी कुल ४ हजार ५ सय ७६ जना शेयर सदस्य रहेका छन् । संस्थाले यस बर्षदेखि गम्भिर प्रकृतीका रोग लागेका सदस्यहरुलाई उपचारार्थ रु १० हजारसम्म सहयोग गर्ने निती लिएको छ ।

संस्थामा हाल सुत्केरी खर्च, आकस्मिक उपचार ३६५ दिने बैकिङ , जेष्ठ नागरिक तिर्थ यात्रा कार्यक्रम लोकप्रिय रहेका छन् । कार्यक्रममा संस्थाका उपाध्यक्ष साबित्री अधिकारीले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सचिव रामजी प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष बिजय बहादुर बस्नेतले कार्यक्रमबारे जानकारी दिएकोे संस्थाका सञ्चार प्रमुख सुशिल सुवेदीले बताए ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*