मृगौलाको समस्यासँग जुध्दै धादिङका सोमबहादुर मगर, सहयोग गर्न अपिल

३ श्रावण २०७६, शुक्रबार २२:००

धादिङ, ३ साउन । धादिङको गजुरी गाउँपालिका वडा नम्बर ६ निवासी १८ वर्षीय सोमबहादुर मगर कलिलो उमेरमै मृगौलाको समस्यासँग जुध्दै छन् । धादिङ निवासी लालबहादुर मगरका छोरा सोमबहादुरको अहिले दुबै मृगौलाले काम नगर्ने भइसकेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएपछि उनी आफ्नो थप उपचारको लागि सहयोगको अपिल गर्न बाध्य भएका छन् । घरको आयश्रोतले मात्र उपचार सम्भव नभएको भन्दै उनका परिवारले सबैलाई सहयोग गरिदिनका लागि अनुरोध गरेका छन् । उनको उपचारका तथा सहयोगका बारेमा जानकारी लागि ९८०८८९१४८५ मा फोन गर्न सकिने बताइएको छ । साथै उनलाई बैँकमार्फत सहयोग गर्न चाहानेले मुक्तिनाथ विकास बैँकको खाता नम्बर ११३२०६००३४४५६६०००००१ मा रकम जम्मा गरेर समेत सहयोग गर्न सकिने छ ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मकवानपुरे ठिटो’ ले चर्चा बटुल्दै

मकवानपुरका विभिन्न चर्चित पर्यटकीयस्थलहरुको नाम र त्यहाँका विशेषताहरु समेत समेटेर तयार पारिएको नेपाली लोक गीत ‘मकवानपुरे ठिटो’ चर्चामा छ । नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा पश्चिमी सुगन्ध मिश्रण भएको आरोप लागिरहेको समयमा मकवानपुरे युवा सर्जक छिरिङ दोर्जे लामाले आफ्नै कला सँस्कृति र मौलिकताको जगेर्ना गर्ने प्रयास गर्दै प्रेम र प्राकृतिक सौन्दर्यलाई गीतमार्फत एउटै मालामा उनेका छन् ।

मकवानपुरको आन्तरिक पर्यटनमा टेवा पुराउने किसिमको ‘मकवानपुरे ठिटो’ बोलको गीतलाई गायिका अर्चना स्याङ्तानको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । छिरिङकै लय तथा शब्दमा तयार भएको गीतमा जनक लामा, अर्चना स्याङ्तान र सेञ्जी ब्लोनको सुमधुर आवाज समेटिएको छ । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मुङ्ग्रेकोटमा जन्मिएका छिरिङले यस गीतमा मुङ्ग्रेकोटदेखि पकनी र समग्र मकवानपुरको पर्यटकीय स्थललाई समेत चिनाएका छन् । गीतको म्यूजिक भिडियो समेत राम्रो बनेको छ । म्यूजिक भिडियोमा करिश्मा ढकाल, चन्द्र तामाङ, निर्मला मोक्तान र सुवाश तामाङले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई प्रविन थापाले निर्देशन र नमराज घिमिरेले छायाँकन गरेका हुन् । म्यूजिक भिडियोलाई शक्ति प्रज्वल घिमिरेले सम्पादन गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा नै गीतको म्यूजिक भिडियोलाई करिब १४ हजार पटक हेरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*