हेटौँडा औद्योगिक क्षेत्रमा प्रगति माविका विद्यार्थी

३ श्रावण २०७६, शुक्रबार २१:०५

आशिष खतिवडा, मकवानपुर, ३ साउन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले हेटौँडा ८ मा रहेको एन्टार्टिक बिस्कुट प्रालिमा अवलोकन भ्रमण गरेका छन् । प्रयोगात्मक विषयमा पनि विद्यार्थीहरुलाई सक्षम बनाउने उदेश्यका साथ प्रत्येक वर्ष विद्यालयले भ्रमण गराउने गरिएको विद्यालयका प्राचार्य निरञ्जन ढकालले बताए ।

भ्रमणमा क्रममा कम्पनीको उत्पादन,वजार र प्रतिस्पर्धाका वारेमा विद्यार्थीहरुले जानकारी लिएका थिए । कम्पनीको भ्रमणसँगै विद्यार्थीहरुले कम्पनीको स्थापना र यसले पुराएको योगदानका बारेमा पनि जानकारी लिएका थिए । विद्यालयले प्रत्येक महिनाको एक पटक विद्यार्थीको पाठ्यक्रममा रहे अनुसारको विभिन्न प्रयोगात्मक कार्य अन्तर्गत क्रियाकलाप गर्ने योजना बनाएको छ । अहिले कक्षा ११ मा भर्ना समेत खुलेको छ ।

बिगत लामो समयदेखि उत्कृष्ट नतिजा दिँदै आईरहेको यस विद्यालयले कक्षा ११ मा अंग्रेजी र नेपाली दुबै माध्यममा व्यवस्थापन संकाय कक्षा सञ्चालन गरिरहेको छ । एसईई परीक्षामा ए प्लस ग्रेडमा उतिर्ण हुने विद्यार्थीहरुका लागि सबै शुल्क मिनाह र ए ग्रेड ल्याउनेलाई प्रवेश शुल्क र एक महिनाको मासिक शुल्कमा छुट दिइएको छ । त्यस्तै बि प्लस ग्रेडमा उतिर्ण भएका विद्यार्थीहरुका लागि प्रवेश शुल्कमा छुट दिइएको प्राचार्य ढकालले बताए । हेर्नुहोस् भिडियो-

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मुटुदेखि मुटुसम्म भाग–३ अन्धकार रातको सपना अनि प्रेम

जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि ,हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै, निरश अनि अँध्यारो कोठाको चार भित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन याद बढ्दै जान्छ । सायद आकाशको जुनले पनि चिहाउँदो हो हाम्रो निरश मुहारमा अनि खोज्दो हो सधैँ हाम्रो छेवैमा बसेर राति जुनलाई निहाल्ने हाम्रो आफ्नो मान्छे कहाँ छ भनेर । सायद हाम्रो आफ्नो मान्छेलाई हाम्रो वरिपरि नदेख्दा त्यो जुन पनि निराश हुँदो हो , आकाशका ताराहरु पनि चुपचाप शान्तरुपमा झल्मलाउँदो हो । बाँकी हेरौँ भिडियोमा–

चिसो रातको सिरेटोले मुटु बिझाउँदा नरम हातको स्पर्शरुपी मलमपट्टीको याद झन–झन बढ्दै जान्छ । कोल्टे फेर्दै एकातिर फर्कन्छौँ अँहँ निदाउनै सक्दैनौँ हामी । यस्तो बेला हामी सोच्छौँ सायद हाम्रो आफ्नो मान्छे पनि यसरी नै तड्पिरहेको होला । उ पनि हाम्रो न्यानो अंगालोको अभावमा, हाम्रो प्रेमिल स्पर्शको अभावमा बालुवामा परेको माछा झैँ छट्पटाउँदो हो । हामीले एकटक हेरिरहने जुनलाई सायद हाम्रो आफ्नो मान्छेले पनि हेर्दो हो । अनि हामीले जस्तै आभाष गर्दो हो । उनले जुन हेरिहेको आभाष गर्नेबित्तिकै हाम्रो मुहार यो कल्पनाले हर्षित हुन्छ कि सायद हाम्रो आफ्नो मान्छेलाई पनि हाम्रो मुहारको झ–झल्को त्यही जुनमा देखिन्छ होला । जसरी हामी खुला आकाश मुनि उभिएर जुनलाई एकटक हेरिरहेका हुन्छौँ त्यसरी नै हाम्रो आफ्नो मान्छेले पनि त्यही जुनलाई कतै बसेर नियाल्दै होला । यस्तो बेला साँच्चै हामीलाई आफ्नो मान्छेको मुहारमा एकटक नियालेर हेरेको आभाष हुन्छ । आफ्नो मान्छेको निलो समुन्द्रझैँ नयनमा नयन मिलाएर हेर्दा जति रोमाञ्चक अनुभूति हुन्छ त्यति नै रोमाञ्चक अनुभूतिले हामीले मायालु आभाष दिलाईदिन्छ ।

कहिलेकाँही जुनसँगै टोलाएर बोलिन्छ, हाम्रो आफ्नो मान्छेको नाम मात्र लिँदा पनि उनको मायाको आभाषले झुम्छौँ हामी । शान्त रुपमा बहिरहेको हावाले शितलता प्रदान गर्दा आफ्नै मान्छेले छोएको आभाष गर्छौँ हामी । निस्पष्ट अन्धकार रातमा एकोहोरो गुञ्जीरहेको रातको आवाजमा कतै आफ्नै मान्छेको आवाज मिसिएको आभाष हुन्छ हामीलाई अनि घरिघरि कल्पिन्छ मुटु । किन ? आखिर किन म यति धेरै टाढा छु आफ्नो मान्छेबाट ? किन बाध्यताले खडा गरेको यो भौगोलिक दुरीले काँडाले झैँ बिझाउँछ ? किन यादहरुले आँखा र सिरानी भिजाउँछ ? किन यति धेरै याद आउँछ कसैको ? सक्ने भए यी हावाहरुसँगै मायाका आयामहरु अनि मायाका न्यानोपनहरु मिसाएर हाम्रो आफ्नो मान्छेसम्म पुराउँथ्यौँ होला हामी तर विवश यी रातहरुमा मनमै दबिन्छन् हाम्रा भावनाहरु अनि मायालु आभाषहरु । थाहा छैन तपाई के गर्नुहुन्छ यस्तो बेला तर जब जब म आफ्नी मान्छेलाई सम्झन्छु तब म खोज्छु एउटा माध्यम जसले पुराउन सकोस् मेरो मायाका आभाषहरु उनको मुटुले आभाष गर्ने गरी, जसले पुराउन सकोस् मेरा हरेक आँशुका अनुत्तरित प्रश्नहरु मुटुदेखि मुटुसम्म ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*