युग चेतनाको अध्यक्षमा सातौँ पटक कुमार डिम्डुङ चयन

३ श्रावण २०७६, शुक्रबार १३:५१

मकवानपुर, ३ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा अवस्थित श्री युग चेतना आधारभुत प्राविको आज २३ औँ अभिभावक भेला सम्पन्न भएको छ । विद्यालयका ज्येष्ठ सदस्य तथा १३ नम्बर वडाका वडा सदस्य सन्त बहादुर तितुङको अध्यक्षता तथा १३ नम्बर वडाका वडा अध्यक्ष मनोज कुमार वाइबाको प्रमुख आतिथ्यतामा भेला भएको हो । भेलाले अशोक कुमार डिम्डुङको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति समेत गठन गरेको छ ।

समितिको सदस्यहरुमा सूर्य बहादुर छ्युमी, राम बहादुर योञ्जन, उर्मिला भुलन, पार्वती विक, निर्मला लामा, पदेन सदस्य सन्त बहादुर तितुङ, शिक्षकहरुको तर्फबाट जयन्ति कुमारी पाठक र राजु बर्तौलालाई चयन गरिएको छ । डिम्डुङ सातौँ पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा चुनिएका हुन् । वि.सं. २०५३ सालमा स्थापना भएको विद्यालयमा १२५ जना विद्यार्थीहरु अध्ययनरत छन् । निकट भविष्यमै विद्यालयलाई अझै स्तरोन्नति गर्दै लैजाने सोचमा रहेको विद्यालयका प्रअ राजु बर्तौलाले बताए ।

युएस आइडीको एनआरईएस परियोजना अन्तर्गत अहिले बन्दै गरेको विद्यालयको १३ कोठे भवन आगामी २०७७ साल वैशाख २१ गते सम्पन्न गरी निर्माण पक्षले विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको समेत उनले बताए । भेलामा मयुरधाप केन्द्रका विद्यालय निरीक्षक सरस्वती कोईरालाको पनि उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे ‘मिस्टर डी’ को ‘खाडी’ युट्युब ट्रेण्डिङमा (भिडियो)

‘एउटा छोरा आमाको दुःख र साहुको ऋण तिर्न नसकेर खाडी मुलुकमा छिर्छ । दिनरात बिना तलब आगो जस्तै तातो घाममा काम गरिरहे पनि तलब पाउँदैनन्, यता उनका साथीहरु उनको फेसबुकको सफा तस्बिर हेरेर केटोले धेरै कमायो भन्ने सोच्छन्, अनि आफन्त देखि साथीभाईसम्मले लाखौँ ऋणदेखि आईफोनसम्म माग्न थाल्छन् । तर उसको पिडामा रुने उसको आमा बाहेक कोही हुँदैन’, यो दृश्य हो मकवानपुरे गायक मिस्टर डी (सन्दिप विष्ट) को नयाँ भिडियो ‘खाडी’ को ।

भिडियो हेर्दै जाँदा नेपाली समाजको पिडा र वैदेशिक रोजगारमा खाडी मुलुक जाने युवाको मनोदशाले चरम रुप लिन्छ । अन्तिममा कारुणिक दृश्यसँगै भिडियो सकिन्छ । भिडियोमा त्यस्ता धेरै दृश्य र गीतका शब्दहरु छन् जसले जो कसैको मन दुखाउँछ । यो भिडियोलाई मिस्टर डिको अफिसियल युट्य्ब च्यानलमार्फत सार्वजनिक गरिएको हो । भिडियोलाई युट्युबमा हालेको केही दिनमै ४ लाख ३३ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस भिडियो युट्युब ट्रेण्डिङको पाँचौ नम्बरमा छ । म्यूजिक भिडियोमा ४६ हजार भन्दा बढी लाईक र करिब ५ हजार कमेन्टहरु गरिएका छन् ।
मिस्टर डीको यस भिडियोलाई सुरज दाहालले निर्देशन गरेका हुन् । सुमन्ज तामाङको छायाँकन तथा सम्पादनमा तयार भएको भिडियोको कन्सेप्ट र कथा मिस्टर डीले नै लेखेका हुन् । सुमन्ज तामाङ र विश्वास बानियाँले बिटमा सहकार्य गरेका छन् । न्याटिभ स्टुडियो हेटौँडामा रेकर्डिङ गरिएको गीतको पोष्ट प्रोडक्सनको जिम्मा न्याटिभ म्यूजिक ईन्सिटिच्यूट–एनएमआई प्रोडक्सनले लिएको छ । म्यूजिक भिडियोमा सन्दिप विष्ट उर्फ मिस्टर डी, सारदा गिरी, उदेन ठकुरी, शिवप्रसाद दाहाल, दिपक रसाईली, समिर खान, अल्ताव खान, सुशान्त पाण्डे र अनुपजंग सापकोटाको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*