शम्सेर घिसिङकी श्रीमतीको पिडा, विप्लव कार्यकर्ता नभएको दाबी

३ श्रावण २०७६, शुक्रबार १३:२८

मकवानपुर, ३ साउन । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ६ का शम्सेर घिसिङका परिवारले उनी विप्लव गतिविधिमा संलग्न नभएको बताएका छन् । घिसिङलाई गत असार ११ गते बकैया ४ बाट विप्लव नेतृत्वको युवा संघको अध्यक्ष भएको भन्दै प्रहरीले पक्राउ गरेपछि परिवारले यस्तो बताएका हुन् ।

न्युज क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी सम्शेर घिसिङका श्रीमति सलिना स्याङ्तानले आफ्नो पति विप्लव गतिविधिमा नलागेको बताईन् । आफु गाउँमानै ब्यवसायमा गरेर बसेको भन्दै उनले श्रीमान नहुँदा घर सञ्चालनमा समस्या भएको समेत बताईन् । वैदेशिक रोजगारमा जाने तयारी गरिरहेको आफ्ना श्रीमालाई एक्कासी पक्राउ गर्दा आफुहरुलाई निकै पीडा भएको उनले बताईन् ।

पत्रकार सम्मेलनमा बोल्दै उनका दाई रामबहादुर घिसिङले आफ्नो भाई हालसम्म विप्लवको गतिविधमा संलग्न नभएको दाबी गरे । उनले ९ वर्ष विदेश बसेर आएको ब्यक्ति कसरी विप्लवको कार्यकर्ता हुन्छ भन्दै प्रश्न गरे । उनले आफ्नो भाई विदेश जाने तयारीमा रहेको र घरमानै सामान्य ब्यवसाय गरेर बसेको भन्दै हिरासतमुक्त गर्नको लागि प्रहरीलाई आग्रह गरेका छन् ।
यो पनि हेर्नुहोस्
रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडामा लाग्यो ‘मायाको हाट बजार’
मकवानपुरे कलाकर्मी तथा चलचित्र निर्माता राजेन्द्र गौतमले संभवत नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गर्दै हेटौँडामा ‘मायाको हाट बजार’ लगाएका छन् । गौतमले आफ्नो गित ‘मायाको हाटबजार’ को छायाङ्कन गर्दा हाट बजार नै लगाएका हुन् । नेपालकै सबैभन्दा धेरै कलाकार प्रयोग गरिएर छायाङ्कन गरिएको गित ‘मायाको हाट बजार’ चाँडै बजारमा आउने बताइएको छ ।

गीतको म्यूजिक भिडियोलाई १२ लाख रुपैँया लागत लगाएर छायाङ्न गरिएको गौतमले बताए । गीतको लागि हेलिकप्टरको समेत प्रयोग गरिएको छ । शब्द तथा गायन गौतमकै रहेको गितमा राम विडारीको संगित रहेको छ भने म्युजिक भिडियोमा आशिष–अनुप मानन्धरको कोरियोग्राफी हेर्न पाईन्छ । गितमा सुरज योञ्जन र मोनिका लामिछानेको मुख्य अभिनय रहेको छ भने यसलाई गौतम तथा शितल शर्माले निर्माण गरेका हुन् । गितको ब्यवस्थापन कृष्णकली राजथलाले गरेकी छिन् भने विनोद भट्राईले भिडियो खिचेका हुन् । गीतको विषयमा जानकारी दिँदै गायक तथा निर्माता गौतमले आफुले हेटौँडाबाट पहिलो पटक सबैभन्दा धेरै कोरसको प्रयोग गरि गित निर्माण गरेको बताए । गित अबको केहि समयमानै युट्युब मार्फत सार्वजनिक गर्ने तयारी गरिएको उनले बताए । नेपालमा म्युजिक भिडियो निर्माणमा धेरै परिश्रम नगर्ने गरेको सन्र्दभमा आफुहरुले निकै मेहनत तथा श्रोत र साधनको भरपुर प्रयोग गरेर गितको तयारी पुरा गरेको उनले बताए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*