हेटौँडाको रिलायन्स स्कूलमा ट्राफिक सचेतना कार्यक्रम

२ श्रावण २०७६, बिहीबार १२:०६

मकवानपुर, २ साउन । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको रिलायन्स इंग्लिस सेकेन्डरी बोर्डिङ स्कुलमा बुधबार विद्यार्थीहरुका लागि ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमको आयोजना गरिएको छ । हेटौँडा युवा अभियान, मकवानपुर र जिल्ला ट्राफिक कार्यालयको आयोजना तथा रिलायन्स स्कुलको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक हरि विष्णु ढकालले दैनिक जसो हुने सडक दुर्घटना न्युनिकरणका लागी विद्यालय स्तरमा गरिएका कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरे । विभिन्न समयमा सडक दुर्घटनामा विद्यार्थीहरुले समेत ज्यान गुमाउने गरेको जानकारी गराउँदै ट्राफिक नियमको पालनाले सडक प्रयोग गर्दा सुरक्षित रहन मद्दत पु¥याउने उनले बताए । यस्तै कार्यक्रममा विद्यालयका संस्थापक प्राचार्य केशवलाल श्रेष्ठले ट्राफिक नियम सम्बन्धि सचेतना कार्यक्रमले ट्राफिक प्रहरीलाई सहयोग पुग्ने बताए । जान्दा जान्दै पनि कति समयमा दुर्घना निम्तिने गरेको बताउँदै प्रिन्सिपल श्रेष्ठले यस्ता कार्यक्रमले सडक र सवारी प्रयोगकर्ताहरुलाई सचेत हुन प्रेरित गर्ने उल्लेख गरे ।

विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थी सहभागी रहेको कार्यक्रममा सडक दुर्घटनाका मुख्य कारण, समस्या र समाधानका विषयमा जनकारी गराइएको थियो । हेटौँडा युवा अभियानका अध्यक्ष शशि शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा वडा प्रहरी कार्यलयका प्रहरी निरिक्षक सन्तोष श्रेष्ठ, पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी, विद्यालयका निर्देशक रिषभलाल श्रेष्ठ, विद्यालयका शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला ट्राफिक कार्यलयका काशी थापा र इन्द्र पन्तले सहजिकरण गरेका थिए ।
यो पनि हेर्नुहोस्
कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो ।

चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममा चर्चित गायक विशाल काल्तान, , जनता टेलिभिजनका पत्रकार दिपेन्द्र दोङ र विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोही लक्मी तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक तथा नायक शम्भु घिसिङको ‘मञ्जुर’ गीति एल्बमको समेत विमोचन गरिनुका साथै चर्चित गायक विशाल काल्तान, जितु लोप्चन तथा आरके योञ्जनले चर्चित गीतहरु क्रमशः ‘तिङ मि ढुकढुक’ र ‘ए बिना ङा’ लाईभ पर्फोमेन्स् दिएका थिए ।

प्रिमियर शोको उद्घाटन गर्दै मन्त्री तामाङले तामाङ चलचित्रमाथिको कानूनी समस्याहरु समाधान गर्ने ‘घ्रान’ समेत खाएका छन् । उनले तामाङ चलचित्र माथिको कानूनी समस्याहरु समाधान गर्ने बताए । त्यस्तै तामाङ चलचित्र संघका अध्यक्ष जेनिस दोङले तामाङ चलचित्रमाथि विभेद गरेको गुनासो पोखे ।
हेर्नुहोस् कार्यक्रमको केही विशेष प्रस्तुतिहरु–

प्रदर्शन अगावै गीत–संगीत, प्राविधिक पक्ष र दमदार ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘घ्रान’ प्रिमियर पश्चात दर्शकहरुले प्रतिक्रिया दिँदै चलचित्रले नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद पस्कन सफल भएको बताएका छन् । चलचित्रले तामाङ चलचित्रको इतिहासमा नयाँ प्रयोग गरेको भन्दै प्रशंसा समेत गरिएको छ । चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ । जनयुद्धका समयमा गाउँमा ठूलाबडाले गरेका अत्याचारको कथा बोकेको चलचिलाई नेपाली भाषामा समेत डबिङ गरी अल नेपाल रिलिजको तयारी गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका हुन् । जनक गुरुङले निर्देशन सम्हालेको चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*