लागु औषध वानरेक्स सहित २ जना पक्राउ

२ श्रावण २०७६, बिहीबार १०:०६

मकवानपुर, २ साउन । हेटौँडामा लागुऔषध वानरेक्स सहित २ जना युवकहरु पक्राउ परेका छन् । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगर बस्ने ४५ वर्षीय तारा भुजेल र सोही ठाउँका ४० वर्षीय टिकाराम सार्की पक्राउ परेका हुन् ।

हेटौँडा १५ मा अवस्थित ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरिक्षक अरुण कुमार कुशवाहाको कमाण्डमा खटिएको टोलीले चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । बुधबार राति करिब पौने ९ बजेको समयमा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको ना १४ प ३२४५ नम्बरको मोटरसाईकललाई जाँच गर्ने क्रममा उनीहरुको साथबाट वानरेक्स एक सय मिलिलिटरको १०० वटा बोटल फेला परेको थियो ।

उनीहरु दुबैमाथि अहिले सोधपुछ तथा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उनीहरुले अपराध गरेको प्रमाणित भएमा लागू औषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ वर्ष देखि १० वर्ष सम्म कैद र १ लाखदेखि २० लाखसम्म जरिवाना हुने बताइएको छ । साथै उनीहरुको सवारी साधन समेत जफत हुनेछ ।
यो पनि हेर्नुहोस्
हेटौँडाको सुन पसलमा दिउँसै चोरी

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी

सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ । गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । यासा घलेको समेत फिचरीङ रहेको गीतको भिडियोमा रोमान्टिक शब्दहरुलाई सम्बोधन गर्ने गरी कथात्मक प्रस्तुतिलाई स्थान दिइएको छ । हृदयको राजालाई बिर्सिएर माईती घर छोड्नुपर्ने परिबन्धमा परेकी एक युवती र उनलाई माया गर्ने युवकको कथाले गीतको भिडियोलाई थप चर्चामा ल्याएको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् ।

यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई करिब ३२ हजार भन्दा बढी पटक हेरिएको छ र यो क्रम बढ्दो छ । गीतमा करिब २ सय कमेन्ट र करिब हजार लाईक गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*