जयबिर तामाङको ‘आज भोलि गाँघरमा’ मा पुर्णिमा र मानको जोडी

१ श्रावण २०७६, बुधबार १९:०५

मकवानपुर, १ साउन । चर्चित मोडल पूर्णिमा लामा थोकर अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जयबिर तामाङको शब्द र आवाजमा सजिएको गीतको म्युजिक भिडियोमा पूर्णिमासँगै मान तामाङले अभिनय गरेका छन् ।

ग्रामिण भेगमा छायाँकन गरिएको भिडियोमा दुई प्रेमीको कथा छ । म्युजिक भिडियोलाई प्रकाश वाईबाले छायाँकन गरेका हुन् । नरमान तामाङ (रबिन) को निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका हुन् । पवन वाङ लामाको सँगीत तथा एरेञ्जमा तयार भएको गीतलाई काठमाडु डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्

एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘ए बिना ङा’, दर्शकको रोजाईमा सागर र स्मारिकाको रोमान्टिक जोडी

सार्वजनिक भएको केही दिनमा नै ‘ए बिना ङा’ अर्थात ‘तिमी बिना म’ बोलको तामाङ गीत चर्चित बनेको छ । बहुप्रतिक्षित तामाङ चलचित्र ‘घ्रान’ का मूख्य नायक सागर घिसिङसहित स्मारिका थिङको मूख्य अभिनय रहेको सो गीतको भिडियो समेत चर्चामा छ । नेपाली भाषामा समेत सबटाईटल राखी निर्माण गरिएको गीतको भिडियोमा सागर र स्मारिकाको रोमान्सलाई दर्शकले रुचाएका छन् । भिडियोमा एकअर्का बिना बाँच्न नसक्ने अवस्थामा पुगेका जोडीका रुपमा देखिएका उनीहरुको केमेष्ट्री समेत मिलेको छ । विशेष गरी तामाङ चलचित्र र गीतसँगीतलाई समेत मुल धारको चलचित्रसँग प्रतिस्पर्धामा ल्याउने गरी उच्च प्रविधिका साथमा भिडियो र चलचित्र निर्माण गर्ने नायक तथा निर्माताका रुपमा चर्चा कमाएका नायक सागरले यो गीतमा दर्शकको कमेन्ट पाएर खुशी भएको बताएका छन् । थोरै समयमा नै अन्य तामाङ गीतमा भन्दा बढी कमेन्ट पाएका उनले गीतलाई दर्शक–श्रोताले मन पराईदिएको भन्दै खुशी व्यक्त गरेका छन् ।

जितु लोप्चन र आरके योञ्जनको कर्णप्रिय आवाज समेटिएको गीतको शब्द कुमार स्याङ्बाले लेखेका हुन् । ‘ए बिना ङा’ एल्बममा समावेश उक्त गीतमा निमा दोङको संगीत रहेको छ । गीतलाई बबीराज घतानीले एरेन्ज गरेका हुन् । यासा घलेको समेत फिचरीङ रहेको गीतको भिडियोमा रोमान्टिक शब्दहरुलाई सम्बोधन गर्ने गरी कथात्मक प्रस्तुतिलाई स्थान दिइएको छ । हृदयको राजालाई बिर्सिएर माईती घर छोड्नुपर्ने परिबन्धमा परेकी एक युवती र उनलाई माया गर्ने युवकको कथाले गीतको भिडियोलाई थप चर्चामा ल्याएको छ । अजय स्याङ्तानको निर्देशन र कोरियोग्राफीमा निर्माण भएको म्यूजिक भिडियोलाई सूर्य लामा र दिपेन्द्र भट्टले खिचेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा नै यो गीतको भिडियोलाई करिब ३२ हजार भन्दा बढी पटक हेरिएको छ र यो क्रम बढ्दो छ । गीतमा करिब २ सय कमेन्ट र करिब हजार लाईक गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*