गीतकार तथा गायिका फुलमाया थिङको नयाँ गीत सार्वजनिक (हेर्नुहोस्)

१ श्रावण २०७६, बुधबार १८:३१

मकवानपुर, १ साउन । मकवानपुरे गीतकार एवम् गायिका फुलमाया थिङको चौथो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘धोका दियो आफ्नै छायाँले’ बोलको नयाँ लोकदोहोरी गीतको म्युजिक भिडियो बुधबार सार्वजनिक गरिएको हो । गीतको म्युजिक भिडियोलाई फुलमायाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीतमा जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ ।

गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । बिरबहादुर थारुको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् ।

गायिका थिङको यसअघि नै झ्याँई पार्छु फुलमाया र रातो गलबन्दी गीतको म्युजिक भिडियो बजारमा ल्याईसकेकी छिन् । उनको हेटौँडा मकवानपुर बोलको गीतको अडियो भर्सन समेत सार्वजनिक भइसकेको छ । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘का ला दाग’ लाई करिब २ लाख भ्यू

तामाङ भाषामा निर्मित तामाङ कथानक चलचित्र ‘काला दाग’ लाई युट्युबमा करिब २ लाख भ्यू प्राप्त भएको छ । ‘को म्हेन्दो मिडिया हाउस’ को अफिसियल युट्युब च्यानल मार्फत मार्च १ तारिखमा युट्युबमा रिलिज गरिएको यो चलचित्रलाई यो समाचार तयार पार्दासम्म १ लाख ७४ हजार २ सय ९८ पटक भन्दा बढी हेरिएको छ ।

चलचित्रमा कुमार मोक्तान तामाङ, सिता लामा, बसन्त मोक्तान, बिकु थोकर, बुद्ध लामा, अमर लामा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । चन्द्रलाल दोङ र वसन्त मोक्तान (नोर्साङ) को निर्माणमा बनेको चलचित्रको कथा प्रकाश लामाले लेखेका हुन् । चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ भने शंकर महर्जनले चलचित्रको निर्देशन गरेका हुन् । जोगलाल लामा र निमा दोङको संगीत रहेको चलचित्रका गीतहरुमा विशाल काल्तान, सन्तोष लामा, जितु लोप्चन, बबिता पाख्रिन र विरेन्द्र दोङले आवाज दिएका छन् । चलचित्रमा सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*