दोषीलाई कारवाही गर्न पत्रकार महासंघ मकवानपुरको माग

१ श्रावण २०७६, बुधबार ०९:३७
FNJ Makawanpur-Murchunga TV

मकवानपुर, १ साउन । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका साधारण सदस्य एवम् तु खबर डटकममा कार्यरत पत्रकार बलराम पुडासैनीलाई समाचार लेखेकै कारण ज्यान मार्ने धम्की आएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले दोषी माथि कारवाहीको लागि माग गरेको छ । आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार पुडासैनीलाई मकवानपुरगढीका स्ल्याब ढलान निर्माण उपभोक्ता समितिका अध्यक्ष रामप्रसाद घिमिरेले ज्यान मार्ने धम्की दिएकोप्रति पत्रकार महासंघ मकवानपुर शाखाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

समाचारको बिषयमा चित्त नबुझेमा खण्डन गर्न सकिने तथा कानुनी बाटो हुँदाहुँदै समाचारकै बिषयलाई लिएर गोली हान्छु भन्नेसम्मको धम्की दिनु निन्दनीय भएको भन्दै महासंघले दोषी उपर कारबाहीको माग गरेको छ । पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दै जनतालाई सुसुचित पार्ने जिम्मेवारी बोकेको पत्रकारलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण सृजना गराउन समेत महासंघले माग गरेको छ ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मैच्याङलाई देखेपछि च्याङ्बाको हर्कत’

तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ को ‘डम्फुमी राप्सी’ बोलको गीतले युट्युबमा चर्चा कमाउन सफल भएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा थिङसहित अन्य कलाकारहरुको अभिनय छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म ३३ हजार १ सय ७० पटकभन्दा बढी हेरिएको छ । गीतमा रोशन लामा र जीतु लोप्चनको आवाज रहेको छ । गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् । गीतमा रोशन लामाको संगीत रहेको छ । चलचित्रको यस अघि नै दुई अन्य गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रको कथा र स्क्रिप्ट ऋतुराज पाख्रिनले लेखेका छन् ।

अमिर दोङको निर्देशन रहेको चलचित्रमा अमिरसँगै सुश्मा थिङ,रुपा एस घले, पुष्पाञ्जली लोप्चन, कुइसङ रुम्बा, पदम दोङ, मोनिका मोक्तान, अनिता नेगी, रञ्जिता लामा, सोम मोक्तान, बाल कलाकारमा सजिना लोप्चन लगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता तेनेराज दोङ र प्रबिन घिसिङ हुन् । छायांकन तथा सम्पादको जिम्मा विक्रम लामा मोक्तानले लिएका छन् । चलचित्रमा राजु दोङको द्वन्द र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । चलचित्रलाई रञ्जिता लामा र दिपेन्द्र लोप्चन तामाङले निर्माण गरेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*