क्यान्सरसँग लड्दै पदमपोखरीकी वडा कार्यपालिका सदस्य रुपा गोले

३१ असार २०७६, मंगलवार २२:३२

मकवानपुर, ३१ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीकी कार्यपालिका सदस्य रुपा खुलाल गोले क्यान्सरसँग लड्दै छिन् । जीवन मरणको दोसाँधमा रहेकी उनी भरतपुरस्थित बिपी क्यान्सर अस्पतालमा उपचाररत छिन् ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी कार्यकर्ता रहेकी उनको पिडामा मलमपट्टी लाउन वडाका सदस्यहरु उनीलाई भेट्न जाने गरेका छन् तर पनि उनको पिडा कम भएको छैन । ३९ वर्षीया रुपा तत्कालिन नेकपा एमालेका नगर इलाका कमिटीकी उपसचिव तथा अहिले वडा सदस्य हुन् । केही वर्षदेखि स्तन क्यान्सरबाट पिडीत उनको अहिले दुबै स्तन काटेर शल्यक्रिया गरिएको बताइएको छ । तर दुःखको कुरा क्यान्सर टाउकोमा सरेको समेत बताइएको छ । लामो समयदेखि भरतपुरमा उपचाररत उनको उपचारमा लाखौँ खर्च समेत भइसकेको छ ।

दिल्ली स्थित राजिव गान्धी अस्पताल पुगेर उपचार गराउन चिकित्सकले सुझाव दिएपनि खर्चको अभावमा उनको बाँकी उपचार हुन सकेको छैन । रुपा खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल जिल्ला शाखा मकवानपुरका अध्यक्ष समेत हुन् ।
यो पनि हेर्नुहोस्
रोग लागेपछि श्रीमान बेपत्ता

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘एदेन ङाला चु मायामी’ बोलको गीतलाई प्रेम गर्ने जोडीहरुले रुचाएका छन् । प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ । गीतमा चलचित्रका नायक बुद्ध थिङ र नायिका रोशनी ब्लोनको मन जित्ने अभिनयलाई देख्न सकिन्छ ।चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १५ हजार ७ सय २ पटकभन्दा बढी हेरिएको छ । गीतमा आशुसेन लामा र शशिकला मोक्तानको आवाज रहेको छ । गीतको शब्द हस्तबहादुर तामाङले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । चलचित्रमा मानिस जन्मने बित्तिकै टुहुरो नहुने तर परिस्थितिले टुहुरो बनाउने कुरालाई पर्दामा उतारिएको छ । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रमा छोईसाङ बम्जन र सजिता दोङसहित छोईसाङ बम्जन,सजिता दोङ लगायतका कलकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*