हात्तिगौँडामा दुग्ध उत्पादक किसानलाई अनुदान रकम वितरण

३१ असार २०७६, मंगलवार २२:००

मकवानपुर, ३१ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ हात्तिगौँडामा मंगलबार दुग्ध कृषकहरुलाई अुनदान रकम बाँडिएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नम्बर ३ हेटौँडाद्वारा हेटौँडा १२ मा अवस्थित जनसेवा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडलाई प्राप्त अनुदान रकम रु. ६४ हजार ४ सय ४० यस संस्थाका दुग्ध उत्पादक कृषकहरुलाई वितरण गरिएको हो ।

सहकारीका व्यवस्थापक रामहरी पोखरेलका अनुसार आर्थिक वर्ष २०७४–७५ मा दुग्ध उत्पादक कृषकहरुले उत्पादन गरेको दुधको परिमाणको आधारमा प्राप्त भएको अनुदान रकम संस्थामा कृषकले दुग्ध विक्री गरेको परिमाणका आधारमा किसानहरुलाई वितरण गरिएको हो ।

गतवर्ष प्रतिलिटर एकानब्बे पैसाका दरले अनुदान प्राप्त भएकोमा यस वर्ष अनुदान खर्च घटेर २५ पैसा प्रति लिटरका दरले प्राप्त भएको व्यवस्थापक पोखरेलले बताए ।

यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ऋतु तामाङको म्हेन्दोमाया गीत ‘स्यामा गुनेरी’

ल्हा लुङ मिडिया ग्रुपको प्रस्तुतिका रुपमा सार्वजनिक गरिएको ‘स्यामा गुनेरी’ बोलको म्हेन्दोमाया गीतले युट्युबममा चर्चा कमाउन सफल भएको छ । मोडलका रुपमा समेत चर्चा कमाउन सफल गायिका ऋतु वाईबा तामाङ र चलमान माम्बाको आवाज रेहको यो गीत मे ९ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म यो गीतलाई ५ हजार ४ सय ९१ नब्बे पटकभन्दा बढी हेरिएको छ । युट्युबमा अपलोड गरेको २ दिनमै भ्यू बढ्दै गएकोले यो गीतले थप चर्चा पाउने देखिन्छ । गीतमा शब्द तथा संगीत शैलप वाईबा तामाङको रहेको छ भने गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका छन् ।

दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा निर्मित गीतको भिडियोमा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको छ । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा ऋतुसँगै एरिन तामाङ, डोल्मा तामाङ र एमबी गुरुङले अभिनय गरेका छन् ।
‘टुहुरोला ल्हुई’ को नयाँ गीतमा छोईसाङ र सजिताको रोमान्स

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘चुँई चुँई ङोसी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका नायक छोईसाङ बम्जन र सजिता दोङको नृत्य सहितको रोमान्सलाई देखाइएको छ । सार्वजनिक गीतमा नायिका सजिताले नायकलाई नै पछाडि पारेको प्रष्ट देखिन्छ । अभिनयमा पनि उनी अब्बल देखिएिकी छिन् । सार्वजनिक भएको गीतमा जगत घिसिङ र शशिकला मोक्तानको आवाज रहेको छ । डान्सीङ जेनरमा निर्मित गीतको शब्द डुप्साङ लामाले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

मे ९ तारिखमा युट्युबमा अपलोड गरिएको चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म २ हजार ३९ पटक हेरिएको छ । भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रको यस अघि नै ‘एदेन ङाला चु माया मी’ बोलको गीत सार्वजनिक भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*