भिमफेदी दुम्सी डाँडाका घरहरु पहिरोको जोखिममा

३० असार २०७६, सोमबार १०:२६

मकवानपुर, ३० असार । लगातार परेको वर्षाका कारण मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ९ दुम्सी डाँडाका घरहरु पहिरोको जोखिममा परेका छन् । गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार दुम्सी डाँडाका २६ घरहरु पहिरोको जोखिममा छन् । जुनसुकै बेला पहिरो जान सक्ने अवस्था रहेको भन्दै उनी त्यसको बचाउको उपाय खोज्न तर्फ लागेका छन् ।

पहिरोको जोखिममा परेका घर परिवारका लागि अस्थायी आवासको तयारी गरिएको समेत उनले बताए । दुम्सी डाँडाका साथै डन्डु भञ्ज्याङ र घिरघारी क्षेत्रमा पनि उत्तिकै जोखिम बढेको बताइएको । केही दिन अघि मात्रै भिमफेदीकै दमारबाट समेत केही घरपरिवारलाई सुरक्षित स्थानमा सार्नु परेको थियो ।
तस्बिर–साँकेतिक
यो पनि हेर्नुहोस्
राप्ती नदिमा भेल आएपछिको गर्जन

हेटौँडाको राप्ति पुल खतरामा

बाढीबाट बाँचेकाहरु भाग–१

बाढीबाट बाँचेकाहरु भाग–२

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ‘सेमरिन मुला माया’ को वियोगान्त गीत

प्रेमकथामा आधारित तामाङ चलचित्र ‘सेमरिन मुला माया’ को वियोगान्त ‘दुःखन दुःखला ल्हुई’ बोलको गीत चर्चित बनेको छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १२ हजार ३६ पटकभन्दा बढी हेरिएको छ । विश्व शान्त र जीतु लोप्चनको आवाजमा रहेको गीतमा वैदेशिक रोजगारीका क्रममा प्रेमीप्रेमिकाको बियोग देखाईएको छ । दुई भाषामा तयार हुने चलचित्रको यो गीतमा सम्झना लामाको शब्द रहेको छ ।

गीतमा सञ्जय लामा हुट्ट र खुशी घिसिङको अभिनय देख्न सकिन्छ । मुस्ताङ, नुवाकोट, काठमाडौ लगायत विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको चलचित्रलाई सम्झनामा लामा,सितल तामाङ र लोसाङ लामाले निर्माण गरेका हुन् । चलचित्रमा नायिका संगीता दोङ, खुशी घिसिङ र सञ्जय लामा हुट्ट लगायतको अभिनय रहेको छ ।
‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई १ लाख बढी भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ अर्थात ‘कसम’ को ‘तिङ मी ढुकढुक’ बोलको गीतलाई युट्युबमा १ लाखभन्दा बढी पटक हेरिएको छ । यो समाचार तयार पार्दासम्म यो गीतलाई १ लाख ११ हजार ४३ पटकभन्दा बढी हेरिएको छ । विशाल काल्तान र जीतु लोप्चनको सुमधुर आवाज समेटिएको गीतमा गायक काल्तानकै संगीत रहेको छ भने कुमार स्याङ्बोले गीतको शब्द लेखेका हुन् । गीतलाई चाँद सिंहले एरेन्ज गरेका छन् । दुई प्रेमीको रोमान्टिक प्रेमालाप सँगै सुन्दर प्राकृतिक दृश्यलाई गीतको भिडियोमा कैद गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ ।

चलचित्रमा सुकुमाया मोक्तानसँगै सागर घिसिङ, शम्भु घिसिङ, विकास स्याङतान, सुष्मा मोक्तान,सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।तामाङ जातिको संस्कृति तथा भाषा संरक्षणका उद्देश्यले मोक्तान फिल्मस् प्रालिद्वारा निर्मित चलचित्रले तामाङ समुदायको संस्कृति,सामाजिक जीवन यापनका र सामासाहिक बिषय बस्तुमा आधारित कथालाई चलचित्रमा उतारिएको निर्मात्री तथा नायिका सुकुमाया मोक्तानले जानकारी दिएकी छिन् ।

तामाङहरुको बाहुल्यता रहेको ओखलढुंगाको मुलखर्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र द्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*