मकवानपुरे बिमला थिङको ‘परदेशी कान्छा’ यस्तो बन्यो

३० असार २०७६, सोमबार ०८:५९

मकवानपुर, ३० असार । मकवानपुरे गायिका बिमला थिङको आवाजमा रहेको ‘परदेशी कान्छा’ बोलको सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘परदेशी कान्छा’ एल्बममा समावेश उक्त गीतलाई मिलन तामाङले लेखेका हुन् । चर्चित गायक तथा मोडल अशोक तामाङको सँगीतमा गीत तयार भएको हो ।

गीतको म्युजिक भिडियोमा बिमला आफैले पनि अभिनय गरेकी छिन् । साथै अरिन तामाङ र अशोक तामाङको पनि अभिनय हेर्न सकिन्छ । अजय स्याङ्तानको कोरियोग्राफी, निर्देशन र सम्पादनमा तयार भएको म्युजिक भिडियोलाई बिक्रम मोक्तानले खिचेका हुन् । हेरौँ म्युजिक भिडियो–

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

ब्वाईफ्रेण्ड बारे गायिका विद्या तिवारी गोप्य कुरा

नेपाल आईडलको पहिलो सिजन र द भ्वाईस अफ नेपालको पहिलो सिजनमा सहभागिता भएसँगै थप चर्चामा आएकी गायिका विद्या तिवारीले ब्वाईफ्रेण्डबारे नयाँ खुलासा गरेकी छिन् । हिट हेटौँडा च्यानलमा मकवापुरे सञ्चारकर्मी मणिराज गौतमसँग कुराकानी गर्दै उनले आफु अझै सिंगल नै रहेको बताएकी हुन् ।

विवाहका लागि माग्न आएका ईन्जिनियरदेखि डाक्टरसम्मलाई छनौट नगरेकी उनलाई म्यासेजमै समेत प्रपोज गर्नेहरुको निकै ठूलो जमात रहेको खुलेको छ । नेपाल आईडलमा उत्कृष्ट १८ र द भ्वाईस अफ नेपालमा उत्कृष्ट ८ सम्म पुगेकी उनी पछिल्लो समय ‘घाममा सुकाईदेउ’, पिच रोड लगायतका चर्चित गीतहरुबाट थप चर्चामा छिन् ।

साँगितिक परिवारमा हुर्किएकी विद्याले पहिले अग्रजहरुको कभर गीत गाउँदै सांगितिक क्षेत्रमा जमेकी उनलाई अहिले श्रोताहरुले आफ्नो गीतहरुलाई टिकटक जस्ता सामाजिक सञ्जालमा कभर गर्दा निकै खुशी लागेको बताईन् । हेटौँडाको मकवानपुर बहुमुखी क्याम्पसमा विज्ञान संकाय अध्ययन गरेकी उनले कुनै बेला साँगितिक क्षेत्रमा प्रोफेस्नली लाग्ने कुनै योजना नभएता पनि आईडल र द भ्वाईसले आफुलाई नयाँ गन्तव्य दिएको बताईन् ।

सुन्दर ५ तस्बिरमा वर्षा थिङ तामाङ ! (फोटो फिचर)

नेपाली तथा तामाङ गीतहरुमा मोडलिङ गर्दै नायिकाको यात्रा समेत तय गरेकी नायिका वर्षा थिङ तामाङ कला क्षेत्रमा परिचित नाम हो । उनै वर्षाले सुटिङका क्रममा सामाजिक सञ्जालमा पोष्ट गरेका केही तस्बिरहरुमा उनी निकै सुन्दर देखिएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*