तामाङ सिरियल ‘आबा ङाछा’ को २७ औँ भाग हेरौँ

३० असार २०७६, सोमबार ०८:०८

मकवानपुर, ३० असार । डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साँझ ६ः३० बजे प्रसारण हुने कमेडी तामाङ सिरियल ‘आबा ङाछा’को ‘ २७ औँ श्रृङ्खला युट्युब मार्फत सार्वजनिक भएको छ । सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो । तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । टेलिसिरियलमा स्याउरी माया, लखरमाया लगायतका विभिन्न पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।

योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन् । हेरौ टेलिसिरियलको २७ औँ भाग–

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस तामाङको फाईनलमा यसरी भयो झडप (भिडियो)

मिस तामाङ २०१९ विवादमा तानिएको छ । मिस तामाङको ताजका लागि पैसा लिएको र धाँधली भएको भन्दै सहभागीहरुले नै आयोजक विरुद्ध नाराबाजी गरेका छन् । हेरौँ भिडियो–


आँचललाई पलको प्रस्ताव–‘जाउँ मसँग भागेर’ (भिडियो)

चर्चित अनस्क्रिन जोडी नायक पल शाह र आँचल शर्मा, नयाँ भिडियोहरुमा पूनः सँगै देखिन थालेका छन् । केहि दिन अघिमात्रै पनि उनीहरुको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । जसमा पलले आँचललाई भागेर जान आग्रह गर्छन् । आँप जोडीका रुपमा परिचित पल र आँचलको अनस्क्रिन जोडीलाई रियल लाईफमै जोडी देख्न चाहाने उनका फ्यानहरुका लागि यो भिडियो अझ रोमाञ्चक हुनसक्छ । भिडियोमा आँचल र पल सँगै डेटिङ जान्छन्, बाईकमा यात्रा गर्छन् अनि पलले आँचललाई बोकेर हिँड्छन् । यो दृश्यले रोमाञ्चक अनुभूति दिएकै बेला उनीहरुको अर्को एउटा रोमान्टिक दृश्य पनि गीतको भिडियोमा छ । त्यसका लागि भने तपाईले म्यूजिक भिडियो नै हेर्नुपर्ने हुन्छ ।

ओ.एस.आर. डिजिटल मार्फत सार्वजनिक गरिएको ‘जाउँ हिँड’ बोलको गीतको म्यूजिक भिडियोलाई यो सामाग्री तयार पार्दाको समयमा नै १ लाख ९५ हजार पटक हेरिसकिएको छ । गीतमा करिब ७ हजार लाईक र करिब ७ वटा कमेन्टहरु गरिएका छन् । पल र आँचलको फिचरिङ गरिएको यो गीतमा बिकु क्षेत्रीको आवाज सुन्न सकिन्छ । प्रस्तुत गीत ‘छुटिएर’ एल्बममा समावेश छ । रबिन विष्टको शब्द तथा डम्बर खपुङको संगीतमा संगीतबद्ध गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । नवराज उप्रेतीको छायाँकन तथा नविन निरौलाको सम्पादन रहेको भिडियोमा सुबोल थापाले कोरियोग्राफी गरेका छन् । गम्भिर विष्टको निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पदम चुवानले निर्माण गरेका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*