कुलेखानीमा खतरा, ड्याम खोल्ने तयारी गरिँदै

३० असार २०७६, सोमबार ०७:२०

मकवानपुर, ३० असार । मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाउँपालिका अन्तर्गत रहेको कुलेखानी जलविद्यूत आयोजनाको जलाशय इन्द्रसरोवरमा वि.सं. २०५० यताकै सबैभन्दा बढी पानी भरिएको छ । पानी भरिएर खतराको सिमा नाघेपछि परेपछि भरिएको पानीलाई ड्याम खोलेर घटाउन थालिएको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । कुलेखानीको क्षमता भन्दा बढी पानी जम्मा भएपछि जिल्ला सुरक्षा समिति मकवानपुरको बैठकले इन्द्रसरोवरको ड्याम खोलेर पानी घटाउने निर्णय अनुसार काम गर्न थालिएको अध्यक्ष लामाले जनाए ।

कुलेखानीको क्षमता कुल १५ सय ३० मिटर रहेको छ । सोमबार बिहान ६ बजे सम्ममा १५ सय २५ दशमलब ४ मिटर पानी भरीइसकेको छ । प्रतिघण्टा २ मिटरका दरले पानी बढिरहेकाले इन्द्रसरोवरको ड्याममा खतरा देखिएको छ । जसका कारण पानी खोलेर घटाउनुपर्ने अवस्था आएको छ । सोमबार बिहान ८ बजेबाट कुलेखानी ड्याम भित्रको ढोका खोलेर पानी बाहिर छोडिने भएको छ । प्राविधिक सहितको नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा पानी निकाल्न थालिएको हो ।

कुलेखानीको ड्यामको ढोका खोल्दा मकवानपुरको भिमफेदी, इन्द्रसारेवर, बागमती गाउँपालिका, सर्लाही, रौतहट र सिंधुलीसम्म प्रभाव पर्ने भएकोले बाढीबाट बच्न चेतावनी समेत दिइएको छ । कुलेखानीको ड्याम १ सय १४ मिटर उचाइमा रहेको छ । ३ सय मिटर चौडाई र ७ किलोमिटर लामो जलाशयमा १ हजार ५ सय ३० मिटर पानी अट्ने क्षमता छ । ३७ वर्षअघि निर्माण भएको ड्याममा जम्मा भएको जलाशयको सहयोगमा सञ्चालित कुलेखानी प्रथमबाट ६० र दोस्रोबाट ३२ मेगावाट गरी ९२ मेगाबाट विद्युत उत्पादन हुँदै आएको छ । यही जलाशयको पानीबाट निर्माणाधीन कुलेखानी तेस्रोबाट १४ मेगावाट विद्यूत उत्पादन हुने बताइएको छ ।
यो पनि हेर्नुहोस्
हेटौँडाको राप्ति पुल खतरामा

बाढीबाट बाँचेकाहरु भाग–१

बाढीबाट बाँचेकाहरु भाग–२

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

निर्देशक बाबु थिङ भन्छन्–‘मी लोभी’ मा पारिवारिक कथा छ’

तामाङ कथानक चलचित्र ‘मी लोभी’ को छायाँकन यतिखेर मकवानपुर सहितको आसपासका क्षेत्रमा धमाधम भईरहेको छ । केही दिनअघि मात्र मकवानपुरको मनहरीमा चलचित्रको क्लाईमेक्स खिचिएको छ । तामाङ चलचित्रका क्षेत्रमा मकवानपुरकै चर्चित निर्देशक तथा कलाकार बाबु थिङको निर्देशनमा चलचित्र निर्माण भएको हो । मनहरीका सञ्चारकर्मी जयराम मुक्तानसँग कुराकानी गर्दै उनले चलचित्रमा पारिवारिक कथा भएको बताएका छन् । आँखाको लोभका कारण परिवारमा आउने समस्याहरुका बारेमा पनि चलचित्रले बोल्छ । हेरौँ उनको अन्तरवार्ता–

यस अघि ‘रुङ्सी टिला’ चलचित्र निर्माण गरेको ह्याङ्ला मकवानपुर फिल्मस् प्रा.लि.को ब्यानरमा चलचित्र निर्माण सुरु भएको हो । चलचित्रमा नायक ऋतुराज पाख्रिनको पटकथा र संवाद रहेको छ । चलचित्रलाई आइसिङ घलानले निर्माण गरेका हुन् । अभिषेक किराँतीको छायाँकन रहेको चलचित्रमा राजु किराँतीको द्वन्द हेर्न सकिन्छ । चलचित्रमा सुशिल मुक्तान र रविन कुमार चेपाङको संगीत छ ।

पारिवारिक कथा बोकेको चलचित्रमा आफ्नो मान्छे आफ्नै हुने सन्देश रहेको छ । चलचित्रको नाम ‘मी लोभी’ अर्थात आँखा लोभी भनिए जस्तै चलचित्रको कथामा बाहिरी आँखाले लोभ गर्दा आईपर्ने समस्याहरुका बारेमा समेत देखाईएको छ । यसअघिका चलचित्रहरुका सिधासाधा प्रेमिकाको भूमिकामा बढी देखिएकी नायिका सुष्मा मोक्तानलाई यस चलचित्रमा एक्सन अवतारमा उभ्याइएको छ । चलचित्रको सुटिङका क्रममा उनी घाईते समेत हुने गरेकी छिन् ।
चलचित्रमा बाबु थिङ सहित चर्चित नायिका सुष्मा थिङ, सम्झना रुम्बा, बिन्दा थिङ, प्रकाश रुम्बा, सुशिल मुक्तान, बिनोद तामाङ, राधिका स्याङ्तान, राजकुमार स्याङ्तान, आईसिङ घलान लगायतका कलाकारहरुको अभिनय रहेको छ । अहिलेसम्म चलचित्रको २५ प्रतिशत छायाँकन सकिएको निर्देशक बाबु थिङले जानकारी दिए । चलचित्रको छायाँकन मकवानपुर, काठमाडौँ, बारा, सिन्धुली लगायतका स्थानहरुमा हुने बताइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*