२ वर्ष अगाडि र अहिलेको राप्ति (भिडियो)

२९ असार २०७६, आईतवार २०:१५
Featured Video Play Icon

मकवानपुर, २९ बैशाख । मकवानुरको हेटौँडा उपमहानगरपालिका १० र ११ को सिमाबाट बग्ने राप्ती नदिले हरेक वर्ष वर्षायामका समयमा सबैलाई तर्साउँछ । यस वर्ष पनि राप्ती नदिको बहाब बढेपछि नदि नजिकका स्थानीयहरुले त्रसित जीवन बिताए । यो हरेक वर्ष हुने घटना हो । राप्ती नदिमा २ वर्षअघि पनि यो वर्षको जस्तै खतरनाक बाढी आएको थियो । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

बाढीबाट बाँचेकाहरु भाग–१

बाढीबाट बाँचेकाहरु भाग–२

एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युब ट्रेण्डिङ : भद्रगोल, कर्ली कपाल र सावित्रीको कब्जा
मोनिका मोक्तानको सेलोमा अमिर र निरञ्जलीको रोमान्स

गायिका मोनिका मोक्तानको नयाँ सेलो गीतको म्यूजिक भिडियोले सार्वजनिक भएको केही दिनमा नै चर्चा कमाउन सफल भएको छ । ‘वैशालु जोवन’ बोलको म्युजिक भिडियोलाई केही दिनमा नै युट्युबमा करिब २८ हजार पटक हेरिएको छ । हस्त लामा ‘हार्दिक’ को शब्द तथा विशाल काल्तानको संगितमा तयार भएको गीतलाई दिपेश प्रधानले एरेञ्ज गरेका हुन् । गीतको म्यूजिक भिडियोमा चर्चित नायक अमिर दोङ र निरञ्जली लामाले मुख्य भूमिकामा अभिनय गरेका छन् । त्यस्तै कुईसाङ रुम्बा र गायिका मोनिका मोक्तान पनि भिडियोमा देखिएका छन् । प्रकाश वाईबा तामाङको छायाँकनमा तयार भएको म्यूजिक भिडियोलाई अमिर दोङले नै निर्देशन गरेका हुन् ।

विक्रम मोक्तानले कलरिङ गरेको म्यूजिक भिडियोमा सेन्साई पेमा वाईबाले ड्रोन चलाएका छन् । डम्फु मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको गीतमा करिब एक हजार कमेन्ट लाईक तथा करिब एक सयवटा कमेन्टहरु गरिएका छन् ।

यस्तो बन्यो चलचित्र ‘साईनो’ को गीत

नेपाली कथानक चलचित्र ‘साईनो’ को ‘मायालुलाई भेटियो जात्रैमा’ बोलको गीत सार्वजनिक भएसँगै चर्चामा आएको छ । दुई दिन अघि मात्रै युट्युबमा अपलोड गरिएको गीतलाई यो सामाग्री तयार पार्दाको समयमा नै करिब ४७ हजार पटक हेरिएको छ । चर्चित गायिका मेलिना राई र गायक प्रताप दासको आवाजमा रहेको गीतलाई एक हजारभन्दा बढी लाईक प्राप्त भएको छ । चेतन कार्कीको शब्द बसन्त सापकोटाको संगीत र उदयराज पौडेलको संगीत संयोजनमा गीत तयार भएको हो । आउँदो वर्षको जेष्ठ १० गतेलाई प्रदर्शन मिति तोकिएको चलचित्रलाई चन्द्र फिल्म प्रोडक्सनले निर्माण गरेको हो । रामजी लामिछानेको कोरियोग्राफ रहेको चलचित्रको गीतलाई बनिष शाहले सम्पादन गरेका हुन् ।

भुवनचन्द थापाको लगानीमा बनेको चलचित्रलाई अभिमन्यू निरवीले लेखेका हुन् । त्यस्तै चलचित्रलाई रमेश थापाले निर्देशन गरेका हुन् । चलचित्रमा निता ढुङ्गाना, मिरुना मगर, राजकुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदिप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, राजा राजेन्द्र पोख्रेल, विशाल पहाडी, भिमसेन लामा, धर्मेन्द्र आचार्य, रामेश्वर बुर्लाकोटी, बासुकला मैनाली लगायतका कलाकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*