हरेक वर्ष हेटौँडाको राप्ती पुल खतरामा (भिडियो)

२९ असार २०७६, आईतवार १९:५९
Featured Video Play Icon

मकवानपुर, २९ बैशाख । मकवानुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा अवस्थित राप्ती नदिमाथिको पुल हरेक वर्ष वर्षायाममा खतरामा पर्छ । कहिले काँही पुल नजिकैसम्म बाढी आउने मात्र होईन बाढीले छेउ छेउको सुरक्षा जालीलाई समेत भत्काउने गर्छ । यो वर्ष पनि राप्ती नदिमा आएको बाढीले त्यस्तै असर पारेको छ । हेरौँ यो भिडियो–

यो पनि हेर्नुहोस्

बाढीबाट बाँचेकाहरु भाग–१

बाढीबाट बाँचेकाहरु भाग–२

एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

युट्युब ट्रेण्डिङ : भद्रगोल, कर्ली कपाल र सावित्रीको कब्जा

युट्युब ट्रेण्डिङमा यो साता नेपाली भिडियोले नै कब्जा जमाएको छ । यो सामाग्री तयार पार्दाको समयमा नेपाली युट्युब ट्रेण्डिङमा नेपाली कमेडी भिडियो सिरियल भद्रगोलले पहिलो नम्बरमा कब्जा जमाएको छ । कमेडी धारमा तयार भईरहेको हाँस्य टेलिचलचित्रको १९९ औँ भागलाई यो सामाग्री तयार पार्दाको समयमा ११ लाख ४८ हजारभन्दा बढी पटक हेरिएको छ । दुई दिन अघिमात्र युट्युबमा अपलोड भएको भिडियोमा २२ हजारभन्दा बढी लाईक र २ हजार ६ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् । ग्रामिण परिवेशमा आधारित कमेडी सिरियललाई नेपाल टेलिभिजनबाट हरेक शुक्रबार राति पौने ९ बजेदेखि हेर्न सकिन्छ । साथै युट्युब च्यानल मार्फत पनि यसलाई हेर्न सकिन्छ । अर्जुन घिमिरे र कुमार कट्टेलको लेखन निर्देशनमा तयार हुने सिरियललाई दिपक आचार्यले निर्देशन गरेका हुन् ।

सिरियलमा कुमार र अर्जुन सहित कमलमणि नेपाल, रक्षा श्रेष्ठ, मधुसुदन पाठक, अशोक धिताल, सागर लम्साल, हरि निरौला, गोविन्द कोईराला, दिपक आचार्य, सिता देवी तिमल्सेना लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा नेपाली कथानक चलचित्र क्याप्टेनको ‘कर्ली कर्ली कपाल’ बोलको गीत रहेको छ । यस चलचित्रमा नायक अनमोल केसीसँग उपासना सिंह ठकुरीले डेब्यू गर्दैछिन् । क्याप्टेनको कर्ली कपाल गीतलाई यो सामाग्री तयार पार्दाको समयमा २१ लाख ६६ हजारभन्दा बढी पटक हेरिएको छ भने ५८ हजारभन्दा बढी लाईक र ६ हजार भन्दा बढी कमेन्ट गरिएका छन् । गीतमा भुवन केसी र निरुता सिंह पनि देखिएका छन् । गीतलाई मेलिना राई र एसडी योगीले गाएका हुन् । एसडी योगी र सुशान्त गौतमको संगीत रहेको गीतमा हर्क साउद र मनिष ढकालको शब्द रहेको छ । दिवाकर भट्टराईको लेखन निर्देशनमा बनेको चलचित्रलाई भुवन केसीले निर्माण गरेका हुन् ।

यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा चर्चित महिला अधिकारवादी तथा विवादमा मुछिरहने नेत्री सावित्री सुवेदी सम्बन्धी एक भिडियो रहेको छ । गुड टिभीले तयार पारेको यो भिडियोमा सावित्रीले आफ्नै आमाबुवालाई मुद्धा हालेर ५ लिएको दाबी गरिएको छ । यस भिडियोलाई ६ लाख ६१ हजारभन्दा बढी हेरिएको छ भने भिडियोमा ११ हजारभन्दा बढी लाईक गरिएको छ । भिडियोमा २ हजारभन्दा बढी कमेन्ट गरिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*