गीतकार तथा गायिका फुलमाया थिङको चौथो गीत सार्वजनिक हुने

२९ असार २०७६, आईतवार १४:५८

मकवानपुर, २९ असार । मकवानपुरे गीतकार एवम् गायिका फुलमाया थिङको चौथो गीतको म्युजिक भिडियोको तयारी थालिएको छ । उनको नयाँ लोकदोहोरी गीत ‘धोका दियो आफ्नै छायाँ’ ले बोलको गीतको म्युजिक भिडियो रिलिजको तयारीमा छ । गीतमा जनक लामा र गायिका अर्चना स्याङ्तानको आवाज रहेको छ ।

गीतमा फुलमाया थिङको शब्द, सुजन तामाङको लय र राकेश सोनीको एरेञ्ज रहेको छ । भिडियोमा गायिका फुलमाया थिङसंगै ईफास तामाङ, राममाया वाइबा, र खगेन्द्र लिम्बुको अभिनय रहेको छ । प्रविन थापाको निर्देशनमा तयार भएको म्युजिक भिडियोलाई नमराज घिमिरेले छायांकन गरेका हुन् । शक्ति प्रज्वल घिमिरेको सम्पादनमा तयार भएको भिडियोका निर्माण नियन्त्रक नवराज भट्टराई हुन् । गीतको म्युजिक भिडियो छिट्टै सार्वजनिक गर्ने तयारी भईरहेको गायिका एबम गीतकार फुलमाया थिङले बताईन् ।

गायिका थिङको यसअघि नै झ्याँई पार्छु फुलमाया र रातो गलबन्दी भिडियो बजारमा ल्याईसकेका छन् । उनले हेटौँडा मकवानपुर बोलको गीतको अडियो भर्सन समेत सार्वजनिक भइसकेको छ ।
यो पनि हेर्नुहोस्
एउटा पिडादायी प्रेमकथा, बितेका पलहरु–१

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

आशा खड्काले बुद्ध थिङलाई छोडेर गएपछि…

विदेश जान लागेकी आफ्नी मायालुलाई युवक प्रश्न गर्छ–‘अब त तिमी जाने दिन पनि आयो, मलाई त बिर्सन्छौ होला है ?’ उनको कारुणिक प्रश्नमा उनकी मायालुले दुःखी हुँदै जवाफ दिन्छिन्–‘आफ्नै मुटुलाई पनि कहिँ बिर्सन सक्छु होला र ?’–यो संवाद हो मकवानपुरे गायक बुद्ध मोक्तानको नयाँ गीतको म्यूजिक भिडियोको । ‘भुली गईछ्यौ मलाई’ बोलको म्यूजिक भिडियो आईतबार मात्रै ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको हो । गीतमा यो संवादलाई बोल्ने मकवानपुरकै युवा कलाकार बुद्ध थिङ र चर्चित कलाकार आशा खड्का हुन् । बुद्ध र आसाको यो संवाद र गीतको शब्दले हरकोही प्रेम गर्ने जोडीलाई विक्षिप्त बनाउँछ । एकपटक चसक्क मुटु चस्काईदिन्छ । यस्तो प्रेमिल जोडीको प्रेम पनि कसरी टुट्न सक्छ ? यस प्रश्नको जवाफ गीतको म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ । म्यूजिक भिडियोमा अर्का कलाकार अनिल मोक्तानको इन्ट्री भएसँगै प्रेमको कारुणिक दृश्य अगाडि बढ्छ । प्रेममा विक्षिप्त बुद्धको अभिनय तथा आसा र अनिलको अभिनयले वैदेशिक रोजगारले तहसनहस पारेको घरको झझल्को दिन्छ । गीत जस्तै उत्कृष्ट बनेको भिडियोलाई दर्शकले मनपराएकै कारण अपलोड भएको केही समयमा नै यसलाई करिब ७ हजार पटक हेरिएको छ । र यो क्रम बढ्दो छ ।

चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् । गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको बताउँछन् । अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव उनले गरेका छन् । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*