भिमफेदीको दमारमा स्थलगत अनुगमन, ३२ जनालाई सुरक्षित स्थानमा सारियो

२८ असार २०७६, शनिबार २०:३८

मकवानपुर, २८ असार । मकवानपुरको भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा सहितको टोलीले पहिरो तथा बाढी प्रभावित गाउँपालिकाको वडा नम्बर ५ दमारमा स्थलगत अनुगमन गरेका छन् । अध्यक्ष लामा, उपाध्यक्ष पार्वती राना तथा जनप्रतिनिधि र स्थानीयको टोलीले स्थलगत अनुगमनपश्चात ३२ जनालाई सुरक्षित स्थानमा सारेका छन् ।

बिहीबारदेखि आएको बाढी पहिरोले भिमफेदीका विभिन्न स्थानमा बाढी पहिरो गएको थियो । स्थलगत अनुगमनका क्रममा स्थानीयहरुले २०५९ सालपछिकै ठूलो महामरी गएको बताएका थिए । गाउँपालिका अध्यक्ष लामाले नेपाल प्रहरी, नेपाली सेना , शशस्त्र प्रहरी , जनप्रतिनिधि तथा स्थानिय समाजसेविहरुको सहयोगले मानवीय क्षति हुनबाट जोगिएको भन्दै धन्यवाद समेत दिएका छन् ।

यसअघि नै वडा नम्बर ५ को माथिल्लो दमारमा पहिरोको उच्च जोखिममा रहेका परिवारको शुक्रबार उद्वार गरिएको थियो । माथिल्लो दमारमा घरमाथि र घरमूनिबाट पहिरो गएपछि त्यहाँका १८ परिवार बिचमा परेका थिए । पहिरोको जोखिममा रहेका १८ घरधुरीका ९२ जनालाई नेपाली सेना, शशस्त्र प्रहरी, नेपाल प्रहरी, गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयले लगातार ८ घण्टाको प्रयास पछि सुरक्षित स्थानमा सारेका थिए ।

यो पनि हेर्नुहोस्
राप्ती नदिमा भेल आएपछिको गर्जन

हेटौँडाको राप्ति पुल खतरामा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे बुद्ध थिङ र चर्चित मोडल आशा खड्का नयाँ म्यूजिक भिडियोमा

चर्चित मोडल आशा खड्का र मकवानपुरे युवा मोडल बुद्ध थिङ म्यूजिक भिडियोमा सँगै देखिएका छन् । मकवानपुरकै गायक बुद्ध मोक्तानको ‘छोडी गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा आशा र बुद्ध संगै देखिएका हुन् । चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेको बताइएको छ । सुटिङ सकेर केही दिनमा नै सार्वजनिक गर्न थालिएको गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् ।

गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । आफुले पहिलो पटक अभिनय गरेको बताउँदै कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको भन्दै अभिनय गरेको बताए । ‘गीतका शब्दहरु मेरै जीवनमा समेत मेल खाने रहेछ, अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव गरेँ, उनले भने । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।

पल र आँचल फेरि मायामा एकैसाथ (भिडियो)

लामो समयसम्म म्यूजिक भिडियोमा सँगै नदेखिएका चर्चित नायक पल शाह र चर्चित नायिका आँचल शर्मा फेरि एक पटक सँगै देखिएका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको नयाँ गीत ‘मायामा तिम्रो’ मार्फत उनीहरु फेरि एकैपटक स्क्रीनमा देखिएका हुन् । हेरौँ भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*