हेटौँडामा ६ महिने कम्प्युटर सफ्टवेयर तालिम सम्पन्न

२५ असार २०७६, बुधबार १६:३६

आशिष खतिवडा, मकवानपुर, २५ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा ६ महिने कम्प्युटर सफ्टवेयर तालिम बुधबार सम्पन्न भएको छ । व्यवसायिक तथा सिप विकास तालिम केन्द्र मकवानपुर र बेरोजगार युवा संगठन मकवानपुरको संयुक्त आयोजनामा भएको तालिम सम्पन्न भएको हो । तालिम सम्पन्न भएपश्चात आजै समापन कार्यक्रमको आयोजना गरी सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बेरोजगार युवा संगठन मकवानपुरका अध्यक्ष सुरेश बेरोजगारको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भण्डारीले आफुले सिकेको सिपलाई सदुपयोग गरी स्वरोजगार बन्न तालिमका प्रशिक्षार्थीहरुलाई आग्रह गरे । युवाहरु तालिम लिन अग्रसर हुने तर तालिम पश्चात भने त्यसको उपयोग गर्न नखोज्दा दक्ष जनशक्ति उत्पादन हुन नसकेको भन्दै उनले आफ्नो सिप र दक्षतालाई प्रयोगमा ल्याउन समेत आग्रह गरे ।

कार्यक्रममा ९ नम्बर वडाका सदस्य सुकराम केसी, लक्ष्मी नेपाली, सिप विकास तालिम केन्द्रका प्रशिक्षक दिपक सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
यो पनि हेर्नुहोस्
राप्ती नदिमा भेल आएपछिको गर्जन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मकवानपुरे बुद्ध थिङ र चर्चित मोडल आशा खड्का नयाँ म्यूजिक भिडियोमा

चर्चित मोडल आशा खड्का र मकवानपुरे युवा मोडल बुद्ध थिङ म्यूजिक भिडियोमा सँगै देखिएका छन् । मकवानपुरकै गायक बुद्ध मोक्तानको ‘छोडी गईछ्यौ मलाई’ बोलको गीतको म्यूजिक भिडियोमा आशा र बुद्ध संगै देखिएका हुन् । चर्चित टेलिसिरियल हर्के हवल्दारदेखि अहिले चर्चामा रहन सफल टेलिचलचित्र ‘रिसानी माफ’ मा समेत अभिनय गरिरहेकी मोडल आशा र बुद्धले यस गीतमा जीवन्त अभिनय गरेको बताइएको छ । सुटिङ सकेर केही दिनमा नै सार्वजनिक गर्न थालिएको गीतको म्यूजिक भिडियोलाई खमेश श्रेष्ठले निर्देशन गरेका हुन् । सागर गौतमको छायाँकन रहेको म्यूजिक भिडियोमा आशा र बुद्धसँगै अनिल मुक्तानले समेत अभिनय गरेका छन् ।

गायक बुद्ध मोक्तानको आवाज रहेको गीतमा दिपकराज विश्वकर्माको शब्द र संगीत रहेको छ । आफुले पहिलो पटक अभिनय गरेको बताउँदै कलाकार बुद्ध थिङले गीतको शब्द आफ्नै जीवनमा समेत मेल खाएको भन्दै अभिनय गरेको बताए । ‘गीतका शब्दहरु मेरै जीवनमा समेत मेल खाने रहेछ, अभिनय गर्दा आफ्नै बिगतको जीवनलाई फेरि बाँचिरहेको अनुभव गरेँ, उनले भने । हेटौँडा १७ हटिया निवासी गायक बुद्ध मोक्तान प्रहरी सेवामा छन् । उनको यस अघि सार्वजनिक ‘दशै आउँदा तिहार आउँदा’ बोलको गीतले निकै चर्चा पाएको थियो । उनले उक्त गीतमा प्रहरी सेवामा लागेपछि दशैँ–तिहारको बिदा नपाउँदाको पिडालाई आफ्नो शब्द र स्वरमा उतारेका थिए । उक्त गीतलाई पनि दिपकराज विश्वकर्माले संगीत भरेका हुन् । म्यूजिक नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भिडियोमा गायक मोक्तानसहित मकवानपुरकी कमला भोम्जनको समेत अभिनय देख्न सकिन्छ ।

पल र आँचल फेरि मायामा एकैसाथ (भिडियो)

लामो समयसम्म म्यूजिक भिडियोमा सँगै नदेखिएका चर्चित नायक पल शाह र चर्चित नायिका आँचल शर्मा फेरि एक पटक सँगै देखिएका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको नयाँ गीत ‘मायामा तिम्रो’ मार्फत उनीहरु फेरि एकैपटक स्क्रीनमा देखिएका हुन् । हेरौँ भिडियो रिपोर्ट–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*