हाईटेन्सन लाईनको तारलाई रुखले छुन थालेपछि कमानेमा त्रास

२५ असार २०७६, बुधबार १६:२१

मकवानपुर, २५ असार । हाईटेन्सन लाईनलाई एउटा अग्लो रुखले छुन थालेपछि मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमानेमा त्रास फैलिएको छ । कमानेस्थित मनकामना टोलमा हाईटेन्सन लाईनको तारलाई उक्त रुखले छुन थालेपछि त्यस वरपरका बासिन्दाहरु विद्यूत सर्ट हुने डरले त्रसित बनेका हुन् ।

उक्त रुखले बेला बेलामा हाईटेन्सन लाईनको तारलाई समेत छुने गरेको छ । त्यस नजिकै घर भएका मात्र होईन सिंगो बस्ती नै धरापमा परेको स्थानीय अर्जुन प्रसाद दुलालले जानकारी दिए । दुलालका अनुसार केही समय अघि विद्यू प्राधिकरणको हेटौंडा ७ मा रहेको फ्युज शाखामा सम्पर्क गरी सम्बन्धित निकायलाई जानकारी गराउने कुरा भएको भएता पनि रुख अझै काटिएको छैन । फ्युज शाखाबाट अबलोकनको लागि आएता पनि अहिलेसम्म काम नभएको उनले गुनासो गरे ।

रुखले तार छोएमा विद्यूत सर्ट हुने र वरपर अझ बढि जोखिम हुने भन्दै स्थानीयहरुले गुनासो गर्न थालेका छन् । उक्त समस्या समाधानका लागि रुखको हाँगा काट्ने वा रुख नै काट्नुपर्ने अवस्था छ । गाउँले आफैले काट्न सक्ने अवस्था समेत छैन । यस्तो अवस्थामा विद्यूत प्राधिकरणले विशेष ध्यान पुराउनुपर्नेमा स्थानीयले जोड दिएका छन् ।
यो पनि हेर्नुहोस्
हेटौँडाको राप्ति पुल खतरामा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

नायिका आँचल शर्माको पक्षमा नायक पल शाह (भिडियो)

नेपाली सिने क्षेत्रमा ‘आँप’ जोडीका रुपमा परिचित चर्चित नायक पल शाह र नायिका आँचल शर्माको जोडीलाई मन पराउने दर्शकहरु निकै नै छन् । यी दुईको अन स्क्रिन जोडीलाई वास्तविक जीवनमै एक भएको हेर्न चाहाने फ्यानहरु पनि प्रशस्तै छन् । पल र आँचललाई एक भएको हेर्न चाहाने दर्शकले यी दुईको चलचित्रलाई समेत मन पराउने गरेका छन् ।

आँचल र पलको प्रेम र विवाहसम्मको कुरा सोच्ने दर्शकहरुले केही समय यता एकै चलचित्रमा यो जोडीको अभिनय हेर्न पाएका थिएनन् । चलचित्रमा यो जोडीको प्रेम जति देखिन्छ वास्तविक जीवनमा पनि एकअर्कालाई मित्रताको रुपमा उत्तिकै प्रेम गर्छन् भन्ने कुरालाई पछिल्लो घटनाले उजागर गरिदिएको छ । आँचल शर्मा अभिनित पछिल्लो चलचित्र ‘दाल भात तरकारी’ को ‘भिजिट भिसामा’ बोलको गीत सार्वजनिक समारोहमा आँचललाई एक पत्रकारले अन्तरवार्ताका लागि समय नदिएको भन्दै आक्रोश पोखेका थिए । त्यसको जवाफमा दुःखी हुँदै नायिका आँचल शर्माले सार्वजनिक समारोहमै माफी समेत मागेकी थिईन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*