साँसद ओम घलान भन्छन्–‘ नेपाल विकासको पथतर्फ उन्मुख भइसकेको छ’

२५ असार २०७६, बुधबार १२:४५
Pradeep Walachan Om Ghalan -Murchunga TV

जयराम मोक्तान, मकवानपुर, २५ असार । प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य ओम बहादुर घलानले नेपाल विकासको पथतर्फ उन्मुख भइसकेको बताएका छन् । दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीको आयोजनामा मनहरी ७ मा सञ्चालित ७ दिने निःशुल्क नेतृत्व विकास तथा क्षमता अभिबृद्धि र उद्घोषण तालिमको समापन कार्यक्रममा बोल्दै सांसद घलानले तिनै तहको सरकार गठन भएयता विकासको जग बसाएर विकासको कार्यलाई तिब्ररुपमा अगाडी बढाइरहेको बताए ।

हालको दुई तिहाइको सरकारले उल्लेख्य प्रगाति गर्न नसके पनि सरकार पुरै असफल भएको भनेर आरोप लगाउनु मुर्खता मात्र भएको उनले बताए । प्रतिपक्ष दलले सरकारलाई सहयोग गर्नुको सट्टा झन खुट्टा तान्ने प्रवृति मात्र प्राथमिकता दिइरहेको उनले आरोप लगाए । उनले तालिममा सहभागीहरुलाई आफुले सिकेका सबै कुरालाई ब्यबहारमा उतार्न सुझाब दिए । जन्मसिद्ध कसैले पनि सबै कुरा सिकेर नआउने भएकाले जिवनमा सिक्दै अगाडी बढ्दै जानु उपयुक्त रहेको समेत उनले बताए । सहभागीहरुले ७ दिन सम्म सिकेका सबै कुराहरुलाई सबै ब्यबहारमा लागु गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य ओम बहादुर घलानको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम दर्पण सामुदायिक सिकाई केन्द्र मनहरीका अध्यक्ष सिता पुलामी मगरको सभापतित्वमा भएको थियो । कार्यक्रममा ७ नम्बर वडाका कार्यबाहक अध्यक्ष शेखर बर्तौला, आपाङ्ग समन्वय समिति मनहरी गाउँपालिकाका उपाध्यक्ष , दिल बहादुरर स्याङबो लगाएतको उपस्थिति रहेको थियो ।
यो पनि हेर्नुहोस्
हेटौँडाको राप्ति पुल खतरामा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

हेटौँडाका उत्सव न्यौपाने बने हिरो, चलचित्र ‘सय कडा दश’मा यस्तो छ रोल (भिडियो)
प्रतिक्षित नेपाली कथानक चलचित्र ‘सय कडा दश’ मा हेटौँडेली कलाकार उत्सव न्यौपानेले हिरोका रुपमा डेब्यू गरेका छन् । चर्चित कमेडी किङ मनोज गजुरेलको समेत डेब्यू मूभिका रुपमा चर्चामा आएको चलचित्रमा उनी नायिका करुणा श्रेष्ठ र नायक अमृत ढुङ्गानासँगै चर्चित कलाकार मनोज गजुरेल, राजाराम पौड्या लगायतका कलाकारहरुसँग स्क्रिन शेयर गर्दैछन् । हेटौँडा स्कूल अफ म्यानेज्मेन्टबाट अध्ययन गर्दै अध्ययनका लागि काठमाडाँैमा पुगेका उत्सवले आफु चलचित्रमा लाग्नुको कारण र आफ्नो रोलका बारेमा समेत हेटौँडाको न्यूज क्लबमा भएको पत्रकार सम्मेलनका क्रममा जानकारी दिएका छन् । के भने त उनले ? हेरौँ भिडियो

चलचित्र ‘समर लभ’ मा बेड सिन दिएका समर लभ जोडी हेटौँडामा (भिडियो)

सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नेपाली कथानक चलचित्र ‘समर लभ’ प्रदर्शनको संघारमा छ । प्रदर्शनको सुरुवात भएसँगै अहिले चलचित्र टोली चलचित्रको प्रचारप्रसारका लागि देशव्यापी दौडमा छन् । चलचित्रमा उपन्यास अनुसार नै थुप्रै बेड सिन समेत दिएका नायक आशिष पिया र नायिका रेवती क्षेत्री र नम्रता सापकोटा चर्चा र गसिप दुबैमा छाएका छन् । यसैक्रममा चलचित्रका नायक आशिष पिया र नायिका रेवती क्षेत्री सहितको टोली चलचित्र प्रचारप्रसारका क्रममा मकवानपुरको हेटौँडामा आईपुगेका थिए । हेरौँ उनीहरुको जोडी के भन्छन्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*