राप्ति खोलाले बगाएका तामाङ सहित ४ जनाको उद्वार, पहिरोबाट पनि उद्वार

२५ असार २०७६, बुधबार ११:५७

मकवानपुर, २५ असार । मकवानपुरको हेटौडामा राप्ती खोलामा आएको बाढीले बगाएका ४ जनालाई मकवापनुर प्रहरीले उद्वार गरेको छ । बगाएकाहरुलाई दुई स्थानबाट उद्वार गरिएको हो । राप्ति नदिले ४ जनालाई बगाएकोमा ३ जनालाई बगाएकै स्थानबाट र एक जनालाई राप्ति पुल मूनिबाट उद्वार गरिएको हो ।

आज बिहान राप्ती खोलाले बगाएको हेटौंडा उपमहानगरपालिका वडा नंबर ८ की कविता तामाङ सहित ४ जनालाई उद्वार गरिएको हो । उद्वार गरिएका महिलालाई उपचारका लागि हेटाँैडा अस्पताल पठाईएको छ ।

त्यस्तै मकवापनुरगढी गाउँपालिका वडानम्बर २ जितपुर भन्ज्याङ्गमा पहिरोमा पुरीएका एक जनालाई पनि उद्वार गरिएको छ । आज बिहान पौने ७ बजेतीर घरमाथीबाट लडेको पहिरोले पुरेर घाईते भएका चितवन भरतपुर १ घर भएको २१ वर्षिय प्रबोध भण्डारीलाई उद्वार गरिएको हो । उनको हेटौंडामा अवस्थित चुरेहिल अस्पतालमा उपचार भईरहेको छ ।
यो पनि हेर्नुहोस्

राप्ती नदिमा भेल आएपछिको गर्जन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘पिरतीको मिठो तिर्सना’ मा हेटौँडाका रायु र रिकिताको रोमान्स (भिडियो)

हेटौँडाबाट चर्चामा आएको ओपेरा ईन्फोटेन्टमेन्ट सिने प्रा.लि.ले नयाँ कभर म्यूजिक भिडियो सार्वजनिक गरेको छ । चलचित्र ‘विर विक्रम २’ को चर्चित ‘पिरतीको मिठो तिर्सना’ बोलको रिमेक गीतको कभर भिडियो सार्वजनिक गरिएको हो । हेटौँडाका उदाउँदो कलाकार रायु घले र रिकिता क्षेत्रीको रोमान्स समेटिएको भिडियो निकै राम्रो बनेको छ । रायु र रिकिताको अनस्क्रीन रोमान्सले भिडियोलाई थप शसक्त बनाएको छ । मकवानपुरका चर्चित पर्यटकीयस्थलहरुमा छायाँकन गरिएको भिडियोको निर्देशकीय पक्ष निकै नै मजबुद देखिएको छ । ओपेराका सञ्चालक समेत रहेका कलाकार, कोरियोग्राफर तथा निर्देशक विक्रम लुङ्वाले म्यूजिक भिडियोलाई निर्देशन गरेका छन् । छायाँकनसँगै निर्देशनको पाटोलाई समेत लुङ्वाले उत्कृष्टता प्रदर्शन गरेका छन् । धन पाख्रिन र सागर राईले म्यूजिक भिडियोलाई छायाँकन गरेका हुन् । सिर्जना सापकोटाको भ्वाईस ओभर रहेको म्यूजिक भिडियोलाई रायु घलेले कोरियोग्राफी गरेका हुन् ।

हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा

मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् । यो समाचार तयार पार्दाको समयमा यस म्यूजिक भिडियोलाई १९ हजारभन्दा बढी पटक हेरिएको छ ।

नेपाल आईडलकी अस्मिता अधिकारी र गायक मातृका आचार्यको नयाँ गीत रिलिज

नेपाल आईडल सिजन २ को थर्ड रनर अप हुन सफल प्रतियोगी अस्मिता अधिकारी र गायक मातृका आचार्यको आवाजमा रहेको नयाँ गीत युट्युब मार्फत रिलिज गरिएको छ । पुरुषोत्तम न्यौपानेको संगीत संयोजन तथा गायक आचार्यकै शब्दमा रहेको ‘दुई मुटु एउटै पारी’ बोलको गीतको अडियो भर्जन युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*