ज्यामिरे कालिकाद्वारा १५ जना उपभोक्ताको निःशुल्क बिमा

२५ असार २०७६, बुधबार ०६:५३

जयराम मोक्तान, २५ असार । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समुहले ३ घरको १५ जना आफ्ना उपभोक्तहरुको निशुल्क स्वास्थ्य विमा गरिदिएको छ । वनको केही महिना अगाडि सम्पन्न निर्वाचनमा दिपक पुलामी मगरको प्यानल विजय भएमा आफनो टिमले गरिव, विपन्न ,अपाङ्ग तथा दलित उपभोक्ताहरुलाई निशुल्क विमा गराउने प्रतिबद्धता गरे अनुसार मंगलबार मनहरी ७ मा तिन घर परिवारलाइ बिमा गराएको ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपक पुलामी मगरले जानकारी दिए ।

मनहरी ८ का आपाङ्गता भएकी १४ वर्षिया अस्मिता बिक , मृगौला रोग पिडीत कृष्ण अर्याल आँखा रोगी कृष्णा कुमारी कामी सहित १५ जनाको स्वास्थ्य विमा गरिएको अध्यक्ष पुलामीले जानकारी दिए । आगामी दिनमा पनि आफना उपभोक्ताहरुको निशुल्क स्वास्थ्य विमा गर्ने कार्यलाई निरन्तर दिने पुलामीको भनाई छ । पुलामी अध्यक्ष भए यता ज्यामिरे कालिका सामुदायिक वन उपभोक्ता समुहको संरक्षण तथा संवद्र्धनका लागि बिभीन्न उपसमितीहरु पनि गठन गएिको छ । पुलामीका अनुसार वन तथा वन जन्य बस्तुको संरक्षणका लागि आफ्नो टिम वैज्ञानिक ढंगले अगाडि बढेको छ ।
यो पनि हेर्नुहोस्
कम्प्युटर डेस्कटप वा ल्यापटपबाट युट्युब च्यानल खोल्ने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

सन्तोष लामाको म्यूजिक भिडियोमा मकवानपुरका फुर्बा दोर्जे र साबित्राको रोमान्स
नेपाली ताराको बिजेता बनेर थप चर्चामा आएका गायक सन्तोष लामाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामाको आवाजमा रहेको ‘बिर्सन म सक्दिन’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको हो । म्यूजिक भिडियोमा मकवानपुरका कलाकार फुर्बा दोर्जे मोक्तान तामाङ तथा चर्चित मोडल साबित्रा थिङले अभिनय गरेका छन् । नयाँ वर्ष सन् २०१९ को अवसर पारेर सार्वजनिक भएको म्यूजिक भिडियोमा फुर्बा दोर्जेसँगै साबित्राको अभिनय प्रशंसनीय छ । मायाप्रेमले भरिपूर्ण म्यूजिक भिडियोमा फुर्बा र सावित्राको जोडी निकै सुहाएको छ । साबित्रा र फुर्बाको अभिनय कौशल समेत भिडियोमा देखिएको छ । गीतमा रोशन भट्टराईको शब्दमा चर्चित संगीतकार न्ह्यु बज्रचार्य को संगीत छ । गायक सन्तोष लामाको एल्वम अक्षतामा उक्त गीत समावेश छ । मलेसियामा छायाँकन भएको म्यूजिक भिडियोलाई सुन्दर लावतीले निर्देशन गरेका हुन् ।

यस्तो छ चलचित्र सय कडा दश, हेटौँडामा खुल्यो रहस्य (भिडियो)

नेपाली कथानक चलचित्र ‘सय कडा दश’ ले समाजमा रहेको भ्रष्ट्राचारलाई न्युनिकरण गर्न सहयोग गर्ने चलचित्रका कलाकार तथा निर्माताहरुले बताएका छन् । न्युज क्लब नेपाल, हेटौँडामा सोमबार भएको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्माण कमिटि तथा कलाकारहरुले यस्तो बताएका हुन् । चलचित्रमा राजाराम पौडेल, मनोज गजुरेल, अमृत ढुङगाना, उत्सव न्यौपाने, करुणा श्रेष्ठ, सोनिया राई, रश्मी भट्ट, अमित पोखरेल लगायतकाको अभिनय रहेको छ ।
कसले के भने ? हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*