ईन्द्रसरोवरको महालक्ष्मी खोला दोभानमा पहिरो, बाटो बन्द

आशबहादुर लामा, २५ असार । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ अन्तरगत महालक्ष्मी खोला दोभानमा अविरल वर्षाका कारण पहिरो गएपछि मंगलबारदेखि बाटा बन्द भएको छ । महालक्ष्मी खोला दोभान हँुदै चखेल माता तिर्थ जाने बाटोमा पर्ने महालक्ष्मीखोलामा गएको पहिरोका कारण बाटो बन्द भएको हो ।
असार २१ गते राति देखि परेको अविरल बर्षाका कारण उक्त स्थानमा गएको पहिरो गएको हो । सडक अवरुद्ध हुँदा साविक फाखेल गाविसको वडा ५,६,७,८ र ९ हाल ईन्द्रसरोवर गाउँ पालिकाको वडा नम्बर ५ का किसानहरूलाई तरकारी काठमाडौँ तथा अन्यत्र बजारमा पठाउन समेत समस्या भएको छ । उक्त वडामा उत्पादित तरकारीलाई जोखिमले भरिएको चखेल देउराली सडक हुदै काठमाडौ निर्यात गर्नुपर्ने समस्या छ ।
सडक विस्तारको क्रममा उक्त स्थानमा गएको पहिरोलाई मौसम अनुकुलतालाई मध्यनजर गर्दै पन्छाउन समते स्थानीयले सम्बन्धि निकाय र सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
हेटौँडाकी दिप्सना, प्रमोद खरेलको म्यूजिक भिडियोमा
मकवानपुरको हेटौँडामा अध्ययनसँगै अभिनयमा समेत सक्रिय दिप्सना रिमाल अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायक प्रमोद खरेलको ‘आँशु झारी’ बोलको गीतको म्यूजिक भिडियोमा उनले अभिनय गरेकी छिन् । मकवानपुरमा अध्ययनरत उनी अभिनय र नृत्यमा रुचि राख्छिन् । कलाकारिता क्षेत्रमा अघि बढ्ने चाहाना भएको बताउँदै उनले भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छिन् । राज धमला निश्चल ओखलढुङ्गेको शब्द र बिनोद बस्नेतको संगीतमा गायक खरेलले आवाज दिएका छन् । म्यूजिक भिडियोमा दिप्सनासँगै नविन मिश्र लगायतको कलाकारको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई कृष्ण पौडेलले निर्देशन गरेका हुन् ।
सागर घिसिङ र मन्सु लामाको जोडी ‘पिरोमा रैछ’ मा यस्तो देखियो (भिडियो)
तामाङ चलचित्र सहित नेपाली गीतका म्यूजिक भिडियोहरुमा अभिनय गरेर चर्चा कमाउन सफल नायक सागर घिसिङ र कलाकार मन्सु लामा अभिनित नयाँ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गायक करण बम्जनको ‘पिरोमा रैछ’ बोलको गीतमा सागर र मन्सुको अनस्क्रिन रोमान्स निकै नै सुहाउँदो देखिएको छ । करण बम्जनको सुमधुर आवाजमा सजिएको गीतमा साङ्गे ब्लोन तामाङको शब्द र अभिषेक तामाङको संगीत सुन्न सकिन्छ । प्रतिक ङेसुरको कोरियोग्राफी र निर्देशनमा तयार भएको म्यूजिक भिडियोलाई विक्रम मोक्तानले खिचेका हुन् । राम्रो कथावस्तु सहित प्रशंसनिय निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा सागर र मन्सुको प्रेमलाई सफल बनाउन अर्का कलाकार जीवन लामाले सघाउँछन् । म्यूजिक भिडियो दोस्रो भाग बन्ने तर्फ समेत म्यूजिक भिडियोले संकेत गरेको छ ।