अशोक तामाङको ‘तिम्रो आगमनले’ को छायांकन सकियो

मकवानपुर, २४ असार । गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको नयाँ गीतको म्युजिक भिडियो छायाँकन सकिएको छ । ‘तिम्रो आगमनले’ बोलको उक्त गीतको म्युजिक भिडियो छायाँकनका क्रममा झरी परिरहेको अवस्था भएता पनि अन्ततः अनवरत खटेका छायाँकन टोलीले म्युजिक भिडियोको छायाँकन सकाएका छन् । अमृत लामाको शब्द तथा सँगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका हुन् । पर्पल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सन भने गायक तामाङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भईसकेको छ । सुमन खड्काले रेकर्ड तथा मिक्सिङ गरेको गीतको म्युजिक भिडियोलाई अशोक आफैले निर्देशन गरेका छन् । हेरौँ भिडियो रिपोर्ट-
गीतको म्युजिक भिडियो चर्चित सिनेम्याटोग्राफर सूर्य लामाले छायाँकन गरेका हुन् । गीतको म्युजिक भिडियोमा अरिन तामाङ र पुजा लामाले अभिनय गरेका छन् । गीतमा ड्रोन छायाँकन सुरेश घिसिङले गरेका छन् । मकवानपुरको कुलेखानी, फाखेलका साथै फर्पिङ लगायतका क्षेत्रमा छायाँकन गरिएको म्युजिक भिडियोलाई सम्पादन पश्चात सार्वजनिक गरिनेछ ।
मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु
प्रेम प्रस्ताव अस्विकार गर्दा आत्माहत्याको प्रयास (भिडियो)
वाहरुमा प्रेमकै कुरालाई लिएर हुने गरेका आत्माहत्याको विषयलाई लिएर मकवानपुरे युवाहरुले सर्ट मुभि (लघु चलचित्र) निर्माण गरेका छन् । ‘फ्लप क्रियशन टिभी’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक सर्ट मुभिमा किशोराअवस्थामा हुने प्रेम प्रस्ताव अस्विकारले आफैलाई मार्न समेत पछि नपर्ने किशोरको कथा समेटिएको छ । सुवास लामाको कथा, निर्देशन तथा सम्पादनमा तयार भएको सर्ट मूभिमा सुवाससहित राजु लामाको छायांकन हेर्न सकिन्छ । सर्ट मुभिमा राजु घलान, विजय दोङ, जीवन घलान, अविनाश गोले र सरस्वती मुक्तानको अभिनय रहेको छ । हेर्नुहोस् सर्ट मूभि–
मकवानपुरे मुक्तिनाथको नयाँ गीतको भिडियो रिलिज
मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने टिष्टुङ पालुङको बारेमा गीत सार्वजनिक गरेसँगै चर्चित बनेका मकवानपुरे गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीतको म्यूजिक भिडियो रिलिज भएको छ । ‘टिष्टुङ पालुङ गाउँ’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएसँगै एकाएक चर्चित बनेका उप्रेतीका ‘गोरी हे गोरी’ बोलको नयाँ डान्सिङ गीतको भिडियो युट्युबमा सार्वजनि गरिएको हो । गीतमा मुक्तिनाथ उप्रेती र ऋतु कँडेलको आवाज तथा उप्रेतीकै शब्द र संगीत सुन्न सकिन्छ । गीतको भिडियोमा करिश्मा ढकाल र मनिष श्रेष्ठको अभिनय रहेको छ ।
अनमोल र श्रृष्टिको जोडी फेरि एकपटक पर्दामा
यक अनमोल केसी र नायिका श्रृष्टि श्रेष्ठको जोडी पूनः एकपटक पर्दामा जम्ने भएको छ । सफल बताइएको चलचित्र ‘गाजलु’ मा एकसाथ काम गरेका अनमोल र श्रृष्ठि एक चलचित्रमा देखिन थालेको विभिन्न न्यूज एजेन्सीहरुले दाबी गरेका छन् । नाम गोप्य राखिएको एक नयाँ चलचित्रमा संगै काम गर्न लागेका उनीहरुको नाम नै फाईनल भइसकेको बताइएको छ ।