‘फाटेको जुत्ता’ एक नम्बर ट्रेण्डिङमा

२३ असार २०७६, सोमबार १५:१४

मकवानपुर, २३ असार । नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ नेपाली युट्युब ट्रेण्डिङको एक नम्बरमा पर्न सफल भएको छ । जुलाई ५ तारिखमा युट्युब प्रिमियर गरिएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा २२ लाख ४ सयभन्दा बढी पटक हेरिएको छ । त्यस्तै २८ हजार लाईक, साढे ३ हजार डिसलाईक र २ हजार ३ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

अर्जुन कुमार फिल्म्स् प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा सौगात मल्ल, वर्षा राउत, प्रियंका कार्की, कामेश्वर चौराशिया, रविन्द्र झा, अनोज पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ । निरोज महर्जनको लेखन तथा निकेश खड्काको निर्देशनमा बनेको चलचित्रलाई अर्जुन कुमारले निर्माण गरेका हुन् । दिर्घ खड्काले सम्पादन गरेको चलचित्रमा उत्तम न्यौपानेले साउण्ड डिजाईन् गरेका छन् । चलचित्रमा ईमान बि शाहको ब्याकग्राउयड स्कोर, अष्ट महर्जनको द्वन्द र कविराज गहतराज तथा राजिव समरको कोरियोग्राफी रहेको छ ।

चलचित्रका गीतहरु प्रवेश मल्लिक र डिपि खनालले लेखेका छन् । प्रवेश मल्लिक र शंकर थापाको सँगीत चलचित्रमा छ । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्
बितेका पलहरु अब युट्युबमा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु


के चन्द्रमा खुम्चिएकै हो ?

चन्द्रमा विषयमा हामी मानिस जाति मात्र होईन प्रकृतिका अन्य सृष्टिले पनि चासो राख्ने गर्छन् । चन्द्रमाकै गतिका कारण पृथ्वीमा ऋतु परिवर्तन लगायतका प्रक्रियाहरु सञ्चालन हुन्छन् । संसारका कतिपय पात्रोहरु आज पनि चन्द्रमाकै गतिका आधारमा निर्धारण गरिन्छ । कतिपयले चन्द्रमालाई कुरुप रुपमा चित्रण गर्छन् भने कतिपयले यसको सुन्दरताको पनि विष्लेषण गर्छन् । आफ्नो प्रेमिकालाई अधिकांश प्रेमीहरुले जुनसँग तुलना गर्छन् चाहे त्यो सुन्दरताको आधारमा होस् या प्राप्तिका आधारमा होस् । चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । निल आर्मस्ट्रंगले सन् १९६९ को जुलाई २१ मा चन्द्रमामा पहिलोपटक पाइला टेकेका थिए । सन् १९७२ मा यूजिन सेरननले पनि चन्द्रमामा पाइला टेके । उनी नै अहिलेसम्म चन्द्रमामा पुग्ने अन्तिम यात्री हुन् । त्यसयता चन्द्रमामा मानिसलाई पठाइएको छैन । यद्यपि, लूनार रिकनिसेन्स अर्बिटर नामक स्याटेलाइटका माध्यमबाट नासाले चन्द्रमाको गतिविधि निगरानी गर्ने गर्दछ ।

ट्वीटरका १ लाख ६० हजार अकाउन्ट, जुन ट्वीटरले नै बन्द गर्यो
ट्वीटर माईक्रो ब्लगिङ साईटहरुमध्ये लोकप्रिय साईट हो तर पनि यसले विभिन्न समस्याहरु झेल्दै आईरहेको छ । पछिल्लो समयमा विभिन्न समस्यामा गुज्रँदै र थप सुधार गर्दै आएको ट्वीटरले ६ महिनाको अवधिमा नै १ लाख ६० हजारभन्दा बढी ट्वीटर अकाउन्टहरु बन्द गरिदिएको छ । हुन त आफ्नो प्रयोगकर्ताका अकाउन्ट बन्द गर्दा यसको घाटा प्रत्यक्ष रुपमा ट्वीटरमा पर्छ तर पनि विविध कारणले गर्दा ट्वीटरले गत वर्षको जुलाईदेखि डिसेम्बर सम्ममा यति ठूलो संख्यामा अकाउन्ट बन्द गराएको हो । बन्द गरिएका ती ट्वीटर अकाउन्टहरुले आतंकवादलाई बढावा दिएको र आतंकवादी संगठनहरुद्वारा आफ्ना गतिविधिको प्रचारका लागि प्रयोग गरिएको पाइएपछि ट्वीटर यस्तो कदम चाल्न बाध्य भएको हो । ट्वीटरको सुधारका लागि शून्य सहनशीलता नीति लागु गरेको ट्वीटरले उक्त अवधिमा १ लाख ६६ हजार ५१३ अकाउन्ट बन्द गरेको हो । अधिकारीहरुका अनुसार निलम्बन गरिएका अकाउन्ट मध्ये ९१ प्रतिशत अकाउन्टका सामाग्रीहरु आपत्तिजनक रहेको तथ्य ट्वीटरको आन्तरिक प्राविधिक टूल्सले पत्ता लगाएको थियो ।

इन्स्टाग्राममा फलोअर्सले मर्दा हुन्छ भनेपछि किशोरीद्वारा आत्माहत्या
जीवनमा सकरात्मक परिवर्तन खेल्न समेत सघाउ पुराउने सामाजिक सञ्जालको गलत प्रयोगका कारण कयौँ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै एउटा घटनाका कारण अहिले अनलाईन मिडिया तातिएको छ । समाचारमा जनाइए अनुसार चर्चित फोटो शेयरिङ एप इन्स्टाग्राममा मर्ने कि नमर्ने ? भन्ने विषयमा मत सर्वेक्षण गरेर एकजना किशोरीले आत्महत्या गरेकी छिन् । मलेसियाकी १६ वर्षीया ती किशोरीले आफ्नो इन्स्टाग्राममा आफ्ना फलोअर्ससँग आफु मर्दा ठिक हुन्छ कि बाँच्दा ठिक हुन्छ भन्दै मत सर्वेक्षण गरेपश्चात आत्माहत्या गरेको समाचार एजेन्सीहरुले जनाएका छन् । अचम्मको कुरा त के भने उनका फलोअर्समध्ये मत सर्वेक्षणमा भाग लिएका ६९ प्रतिशत फलोअर्सले उनलाई मर्दा ठिक हुन्छ भन्ने मत दिए । मलेसियाको सारावाक राज्य पुलिसका अनुसार ती किशोरीले आफ्नो इन्स्टाग्राममा राखेको पोलमा यस्तो लेखेकी थिईन्–‘निकै महत्वपूर्ण, छनोटमा सहयोग गर्नुहोस्, मरण÷जीवन ।’ उनको त्यो पोलमा भोट गर्नेमध्ये ६९ प्रतिशतले मरण अर्थात डेथ अप्सनमा भोट गरेका थिए । त्यो उनलाई सह्य भएन र आत्महत्याको बाटो रोजिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*