हेटौँडाको थानाभर्याङबाट गाँजासहित कार र चालक पक्राउ

२३ असार २०७६, सोमबार १४:०६

मकवानपुर, २३ असार । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक पवन कुमार झाको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राति हेटौँडा ११ थानाभर्याङबाट गाँजा सहित कार र कार चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार विशेष सुचनाको आधारमा मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको बा १२ च ८५५६ नम्बरको कारलाई सोमबार राति करिब साढे २ बजेको समयमा थानाभर्याङमा जाँच गर्दा कारको पछाडी डिक्कीमा लुकाएर राखेको रातो प्लाष्टिकले बेरेको ६ वटा पोकामा जम्मा ८५.६ किलोग्राम गाँजा फेला परेको हो । प्रहरीले कार चालक मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ घर भई हाल चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ७ बस्ने बर्ष ३० को गणेश थापालाई नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको भन्दै प्रहरीले सोमबार उनलाई सार्वजनिक गरेको छ ।
यो पनि हेर्नुहोस्
हेटौँडाको सुन पसलमा दिउँसै चोरी

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ
तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो–

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा कमाउने सकरात्मक तरिकाहरु प्रशस्त छन् । पैसा कमाउने माध्यमका रुपमा वर्तमान समयमा मोबाईल एपलाई पनि लिने गरिन्छ । गुगल प्ले स्टोर तथा अन्य एप स्टोरहरुमा त्यस्ता कयौँ एन्ड्रोईड मोबाईल एपहरु छन् जसले पैसा कमाउने अफर समेत दिन्छ । यस्तै एप मध्येको एउटा एप हो–क्लिन मास्टर । यस एपले पनि तपाईलाई मोबाईलमा प्रयोग नहुने फाईलहरु क्लिन गर्दा तथा गेम खेल्दा केही रकम कमाउने अवसर दिन्छ । क्लिन मास्टरले केही समय अघि यो अफर केही सिमित समयमा लागि लञ्च गरेको हो । मोबाईल एन्टीभाईरस, क्लिनर तथा एप लकरका रुपमा प्रयोग हुने यस मोबाईल एपको प्रयोग गरी कसरी पैसा कमाउने भन्ने बारेमा हामीले यस भिडियोमा चर्चा गरेका छौँ । हेरौँ भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*