भीमफेदीमा सुमो दुर्घटना

२३ असार २०७६, सोमबार १३:५१
Accident-Murchunga TV

मकवानपुर, २३ असार । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ सुन्दरीमाई भन्ने स्थानमा यात्रुबाहक टाटा सुमो दुर्घटना भएको छ । दुर्घटनामा परी ८ जना घाईते भएका छन् । घाईते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट हेटौँडातर्फ आउँदै गरेको ना १ ज ७५३५ नम्बरको टाटा सुमो सुन्दरीमाईमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ । घाइते सबैको अवस्था सामान्य रहेको र थप उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
हेटौँडामा बिहानै दुर्घटना

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

ट्वीटरले प्रयोगकर्ताको डाटा बेचेको खुलासा, तपाईको पनि बेचियो कि ?

डाटा विक्री प्रकरणमा ट्वीटर पनि विवादमा तानिएको छ । यस अघि प्रयोगकर्ताका डाटाको घोटालासम्बन्धी प्रकरणले फेसवुक ठूलो विवादमा तानिएकै अवस्थामा ट्वीटर पनि विवादमा तानिएको हो । ट्वीटर पनि डाटा विक्रीको विवादमा तानिएको हो । ट्वीटर माइक्रोब्लगिङ साइट हो । संसारभर यसका प्रयोगकर्ता छन् । ट्वीटरले क्याम्ब्रिज एनालिटिकाका शोधकर्तालाई लाखौँ ट्वीटर प्रयोगकर्ताका डाटा बिक्री गरेको पाइएको छ । ट्वीटरले अलेक्जेन्डर कोगनलाई सन् २०१५ मा एक दिनका लागि सार्वजनिक डाटामा पहुँच उपलब्ध गराएको पाइएको छ ।

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ? (सिक्नुहोस् भिडियोबाट)

पैसा आजको समयमा सबैलाई आवश्यक छ । पैसा भए सबथोक छ भन्ने सोचाईबाट मानिसहरु ग्रसित छन् । पैसा सबथोक त होईन तर जीवनयापनका लागि पैसा जरुरी कुरा चाहिँ अवश्य हो । हाल विश्वमा सबै मानिसहरुले पैसा कमाउनका लागि विभिन्न तरिकाहरु अपनाएका छन् । पैसा कमाउने सजिलो उपायहरु मध्ये अनलाईनबाट घरमै बसेर पैसा कमाउने विषय हरेक मानिसहरुका लागि सजिलो तरिका हुनसक्छ । तर यसमा धैर्यता भने चाहिन्छ ।अनलाईनमा पैसा कमाउन पाईन्छ भनेर विज्ञापन गर्ने विभिन्न फेक तरिकाहरु पनि दिइएका छन् तर आस मात्र देखाउने ती तरिकाहरुमा तपाई नपरेकै जाति । किन कि अनलाईनबाट पैसा कमाउन त्यति सजिलो छैन । जे होस् सामान्य जीवनयापनका लागि भने हामीले अनलाईनबाट समेत पैसा कमाउन सक्छौँ । यो भिडियोमा हामीले पैसा कमाउने सही तरिकाहरुका बारेमा बताएका छौँ जसबाट साँच्चै पैसा कमाउन सकिन्छ र यो कानुनी रुपमा पनि बर्जित छैन । कसरी कमाउने त अनलाईनबाट पैसा ? यो जान्नका लागि भिडियोलाई अन्तिमसम्म हेर्नुहोला ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*