तामाङ चलचित्र ‘बज्र’ मा नायिका पुसन लामाको दमदार ईन्ट्री

२२ असार २०७६, आईतवार २३:०७

मकवानपुर, २२ असार । सर्लाही समूहको सातौँ प्रस्तुतिका रुपमा निर्मित तामाङ भाषाको चलचित्र ‘बज्र’ को ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलरमा यस चलचित्रकी नायिकामध्येकी एक पुसन लामाको एक्सन अवतार समेत समावेश छ । उनै पुसनको फिचरिङ रहेको यस चलचित्रको गीत समेत सार्वजनिक भएको छ । सार्वजनिक भएको ‘चु सेम’ बोलको गीतमा पुसनले चलचित्रका नायकसँग कम्मर मर्काएकी छिन् । ट्रेलरमा देखिएको एक्सन अवतार र गीतमा देखिएको रोमाञ्चक अभिनय हेर्दा पुसनको यस चलचित्रमा दमदार ईन्ट्री हुनसक्ने दर्शकहरुको अनुमान छ ।

नृत्य र मोडलिङमा चर्चा कमाउँदै चलचित्रमा समेत प्रवेश गरेकी पुसनलाई फिचरिङ गरिएको यस गीतमा चर्चित गायिका निर्मला घिसिङको आवाज छ । निमा लामा तामाङको शब्द तथा सँगीतमा तयार भएको गीतलाई बुद्ध स्याङ्बाले एरेञ्ज गरेका हुन् । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत चलचित्रको गीत सार्वजनिक गरिएको हो । गीतलाई सार्वजनिक भएको ६ घण्टा नपुग्दै ३ हजारभन्दा बढी भ्युज प्राप्त भएको छ । जिम्बा फिल्म्स प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा कृष्ण लामा, सङ्बो लामा, कृति स्याङ्तान, भूमि मोक्तान, पुसन लामा, दिनेश थोकर, तिर्थ लामा, सुनलाल वाईबा लगायतका कलाकारहरुको अभिनय रहेको छ । कृष्ण लामाको कथा तथा लेखनमा तयार भएको चलचित्रलाई निमा लामा तामाङले निर्देशन गरेका हुन् । चलचित्रमा सङ्बो लामा, दिलकुमार घ्लान तामाङ, जगतबहादुर स्याङ्तान र मंगलीमाया स्याङ्तानले लगानी गरेका छन् । विश्वास भण्डारीको छायाँकन तथा सम्पादन रहेको चलचित्रमा सुरज श्रेष्ठको द्वन्द रहेको छ । चलचित्रलाई सूर्य लामाले कलरिङ गरेका छन् ।

चलचित्रका गीतहरु निमा लामा तामाङको शब्द तथा सँगीतमा तयार भएको हो । त्यस्तै गीतमा विशाल काल्तान, शुभ लामा र निर्मला घिसिङले आवाज दिएका छन् । चलचित्रमा सुनलाल वाईबाको कोरियोग्राफी हेर्न सकिन्छ । कलाकारहरुलाई अदिप कुलुङ राईले सजाएका छन् । हेर्नुहोस् चलचित्रको गीत–

यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

इन्टरनेटको प्रयोगले लाग्ने गम्भीर मानसिक रोगहरु, कतै तपाईलाई पनि यो रोग लागेको छ कि ?
पछिल्लो दशकमा इन्टरनेट टेक्नोलोजीमा भएको विकास एक किसिमले वरदान सावित हुँदै गइरहेको छ भने अर्कोतर्फ मानवीय जीवनमा यसको धेरै नराम्रो असर पनि परिरहेको छ । टेक्नोलोजीले मानवीय जीवनमा पुर्याउने नोक्सान यस्ता छन् कि जसलाई हल्का रुपमा लिनु मुर्खता हुने छ । अनुसन्धानकर्ताहरुले कैयौं नयाँ मानसिक रोग पत्ता लगाएका छन्, जो इन्टरनेज र टेक्नोलोजीको बढ्दो प्रयोगका कारण सिर्जित भएका हुन् । यहाँ केही त्यस्ता रोगहरुको चर्चा गरिएको छ ।

फेसबुक र ट्वीटरमा अब हुन्छ नक्कली अकाउन्टको पर्दाफास, अब खुल्छ पोल

के तपाईँ फेसबुक वा ट्वीटर जस्ता सामाजिक संजालमा फेक –नक्कली) आईडी बनाईरहनुभएको छ ? न केटी बनेर दुनियाँलाई झुक्काईरहनु भएको छ कि ? उसो भए सावधान अब तपाईको शैतानी दिमागलाई चुनौति दिन अर्थात तपाईको पोल खोल्न वैज्ञानिकहरुले नयाँ तरिका विकास गरेका छन् । फेसबुक तथा ट्वीटरजस्ता सोसल नेटवर्किंङ साइटहरुमा कुनै नक्कली अकाउन्ट पत्ता लगाउन अब सहज हुनेछ । वैज्ञानिकहरुले यसका लागि एक नयाँ एल्गोरिदम विकसित गरेका छन् । विभिन्न एजेन्सीहरुमा आएको समाचार अनुसार, यो नयाँ विधि उक्त धारणामा आधारित छ कि नक्कली अकाउन्टमा प्रयोगकर्ताका आचरण सक्कली अकाउन्टमा भन्दा असामान्य हुन्छन् । नक्कली अकाउन्टबाट मानिसहरुले आफ्नो नेटवर्कमा रहेका अन्य प्रयोगकर्तालाई अनावश्यक तथा आपत्तिजनक लिंकहरु पठाउँदछन् ।

फेसबुकमा यी कुराहरु हटाई हाल्नुस्, नत्र तपाईलाई खतरा हुनसक्छ

फेसबुकमा व्यक्तिगत डाटाहरु समेत लिक हुन थालेपछि यसले जो कोहीको गोप्यतालाई चुनौतिमा पारेको छ । तपाईँले गलफ्रेण्ड–ब्वायफ्रेण्ड वा जीवनसाथीसँग अन्तरङ्ग कुराकानी गर्ने गलत बानी अंगाल्नुभएको छ भने यो झन खतरनाक हुनसक्छ । त्यतिमात्र होईन हामीले फेसबुकमा कयौंपटक आफ्ना सानातिना जानकारी शेयर गरिरहेका हुन्छौं । यसबाट फेसबुक एकाउन्ट ह्याक हुने खतरा हुन्छ । केही समयअघि मात्र ९ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डाटा लीक भएको थियो । अब सोच्नुस् उनीहरुको फेसबुक डाटामा के–के थियो होला ? फेसबुक आफैले पनि गोपनियतालाई सुरक्षित पार्नका लागि बलियो तरिकाको सुरुवात गरिसकेको बताउँदै आएको छ तर हामी आफै सचेत भएनौँ भने हाम्रो जीवन नै खतरामा पर्न सक्छ । वर्तमान समयमा फेसबुक प्रयोग नगरि बस्न पनि हामी सक्दैनौँ । उसो भए कसरी गर्ने त फेसबुकको सही र सुरक्षित प्रयोग ? हामीले यहाँ यही कुराहरुलाई प्रस्तुत गरेका छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*