अशोक तामाङ र निर्मला घिसिङको ‘तिम्रो आगमनले’ तयार हुँदै

२२ असार २०७६, आईतवार २२:३७

मकवानपुर, २२ असार । गायक अशोक तामाङ र गायिका निर्मला घिसिङको नयाँ गीतको म्युजिक भिडियो निर्माणको तयारी थालिएको छ । ‘तिम्रो आगमनले’ बोलको उक्त गीतको म्युजिक भिडियो निर्माण गर्ने तयारी गरिएको गायक तामाङले जानकारी दिए ।

अमृत लामाको शब्द तथा सँगीतमा तयार भएको गीतलाई चाँद सिंहले एरेञ्ज गरेका हुन् । पर्पल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको अडियो भर्सन भने गायक तामाङकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भईसकेको छ । सुमन खड्काले रेकर्ड तथा मिक्सिङ गरेको गीतको अहिले गायक तामाङको आफ्नै निर्देशनमा भिडियो छायाँकन थालिएको छ ।

गीतको म्युजिक भिडियो चर्चित सिनेम्याटोग्राफर सूर्य लामाले छायाँकन गर्दैछन् । गीतको म्युजिक भिडियोमा अरिन तामाङ र पुजा लामाको अभिनय गरेका छन् । गीतम ड्रोन छायाँकन सुरेश घिसिङले गर्दैछन् । मकवानपुरको कुलेखानी, फाखेलका साथै फर्पिङ लगायतका क्षेत्रमा छायाँकन गरिएको म्युजिक भिडियोलाई सम्पादन पश्चात सार्वजनिक गरिनेछ । हेरौँ उनको गीतको अडियो भर्सन–

यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

द हेटौँडा क्रियुजको ‘नशालु रैछ’ रिलिज (भिडियो सहित)
हेटौँडाको चर्चित डान्स् ग्रुप ‘द हेटौँडा क्रियुज’ को प्रस्तुति रहेको नयाँ गीत ‘नशालु रैछ’ को अफिसियल म्यूजिक भिडियो सार्वजनिक भएको छ । म्यूजिक भिडियोलाई बुढासुब्बा डिजिटलको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको द हेटौँडा क्रियुजका म्यानेजर दिलकुमार लामाले मुर्चुङ्गा टिभीलाई जानकारी दिए । एस.बि.जी. लामाको शब्द र आवाजमा सजिएको गीतको म्यूजिक भिडियोमा द हेटौँडा क्रियुजका कलाकारहरु विष्णु, अमित, बिसु, दिपक, कृष्ण, सन्ध्या, प्रियंका र अनिताको अभिनय रहेको छ । साथै दिलकुमार लामाको समेत विशेष भूमिका रहेको छ । गीतलाई एस.बि.जी. र देवी रुम्बाले कम्पोज गरेका हुन् । गीतलाई गणेश सन्तोष प्रगाढले एरेञ्ज गरेका हुन् ।

हलिउड शैलीमा निर्मित ‘छिरिङ’ दर्शकको मायाले हेटौँडामा तानियो

दर्शकबाट राम्रो प्रतिक्रिया पाउन सफल नेपाली कथानक चलचित्र ‘छिरिङ’ आज हेटौँडाको एनएस सिनेमाजमा प्रदर्शन गरिएको छ । अन्य स्थानमा असोज १२ गतेदेखि प्रदर्शनमा आएता पनि मकवानपुरका दर्शकले ‘छिरिङ’ हेर्न पाएका थिएनन् । तर हेटौँडाका दर्शकहरुले चलचित्र हेर्नका लागि सामाजिक सञ्जालमै स्टाटस पोष्ट गर्न थालेपछि अन्ततः चलचित्र हेटौँडामा समेत प्रदर्शन गरिएको हो । दर्शकहरुले चर्चित गायक तथा नायक यश कुमार र निर्माता सुनिल माथेमा प्रधानसंग साक्षात्कार समेत गर्ने मौका पाए । चलचित्रको प्रदर्शन अघि आज हेटौँडामा भएको पत्रकारसँगको भेटघाटमा नायक तथा गायक यश कुमारले चलचित्र हलिउड शैलीमा बनेको बताएका थिए । चलचित्र हेरेँसँगै हेटौैैँडाका दर्शकले समेत चलचित्र राम्रो लागेको प्रतिक्रिया दिएका छन् ।

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा
पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ भाषाका म्यूजिक भिडियोमा समेत उनको अभिनय देख्न सकिन्छ । औपचारिक रुपमा कुनै नृत्य तथा अभिनयको कक्षा नलिएपनि उनले कुशल नृत्याङ्गना र कलाकारको रुपमा आफुलाई उभ्याउन सफल भएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*