पदमपोखरीको आलदमारमा काठ छोडेर चालक फरार

२२ असार २०७६, आईतवार २२:१०

मकवानपुर, २२ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ आलदमारमा प्रहरीलाई देखेपछि सालको काठ र गाडी छोडेर चालक फरार भएका छन् । आईतबार बिहान ४ बजेको समयमा हेटौँडा १३ आलदमार पान्तलेबाट हेटौँडातर्फ आउँदै गरेको बा २ च ८२८० नम्बरको पिकप गाडी चालकले प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलीलाई देखेपछि चालक फरार भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब निरिक्षक राजेश कुमार यादवको कमाण्डमा खटिएको गस्ति टोलीलाई देख्नासाथ चालक गाडी छोडेर भागेपछि उक्त गाडीको निरिक्षण गर्दा १६ क्यु.फिट सालको चिरेको फेन्टा काठ पाइएको प्रहरीले जनाएको छ । उक्त गाडी र काठ पर्सा वन्यजन्तु आरक्षको कार्यालय आधाभार बारामा पठाइएको प्रहरीले जनाएको छ ।
यो पनि हेर्नुहोस्
एलिना चौहानका आफ्नै ४ गीतहरु

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला के भईन् ?

मिस वर्ल्डको ट्यालेन्ट प्रतियोगिता मिस जापान कानाको डाटेले जितेकी छिन् । ओपेरा गाएर सबैको मन जितेकी मिस जापान नै ट्यालेन्टमा विजयी भएकी हुन् । जीतसँगै उनी सेमिफाईनमा पुगेकी छिन् । सेमिफाईनलमा पुग्ने उनी दोस्रो प्रतियोगी हुन् । यसअघि नै मिस फ्रान्सले टप मोडल कम्पीटिसन जितेर सेमिफाईनलमा पुगिसकेकी छिन् । मिस जापान, एक प्रोफेसनल ओपेरा सिंगर हुन् । जापानको पुरानो राजघरानाकी राजकुमारी समेत रहेकी उनले पोलिटिकल साईन्स अध्ययन गरेकी छिन् । उनी जापानी परम्परागत नाच र धनुरविधामा अब्बल समेत छिन् । उनले जापानिज सहित अन्य ६ वटा भाषा समेत जान्दछिन् । ट्यालेन्ट प्रतियोगितामा मिस नेपाल श्रृङ्खला खतिवडाको कस्तो रह्यो त प्रस्तुति भन्नेमा सबैको जिज्ञासा हुन सक्छ । आउनुस् यस बारेमा केही चर्चा गरौँ ।

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)
हेटौँडाका युवाहरुले तयार पारेको लघु चलचित्र ‘वास्तब’ रिलिज भएको छ । मुर्चुङ्गा टिभीको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको लघु चलचित्र सस्पेन्सका साथै रोमान्टिक जेनरमा निर्माण भएको छ । हेटौँडा निवासी बिक्रम लुङ्वाको कथा लेखन तथा निर्देशनमा बनेको चलचित्र एस फिल्म्सको ब्यानरमा बनेको हो । चलचित्रमा मकवानपुरकै दिपक सापकोटा, बि.एन. धिताल, मुना मोक्तान, रामबाबु नेपाली र भोजराज श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ । सम्राज पाख्रिनको छायाँकन रहेको चलचित्रलाई बि.एन. धितालले निर्माण गरेका हुन् । चलचित्रलाई दिपक सापकोटाले सम्पादन गरेका हुन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*