अब तामाङ चलचित्र टिभी च्यानलबाट प्रसारण हुने

२१ असार २०७६, शनिबार २२:५२

चन्द्र घलान, मकवानपुर, २१ असार । तामाङ भाषाको चलचित्र हेर्नका लागि चलचित्रको प्रिमियर वा च्यारिटी शो कुर्नुपर्ने दिनको अब अन्त्य भएको छ । तामाङ भाषाको चलचित्रलाई टेलिभिजनमा पनि हेर्नसक्ने व्यवस्था भएपछि यो समस्याको अन्त्यको भएको हो । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरका अनुसार अब तामाङ चलचित्रलाई टेलिभिजनबाटै हेर्न सक्ने भएको हो ।

थोकरका अनुसार आज असार २१ गतेदेखि नै लागु हुने गरी संघको सहकार्यमा ‘बिटिभी’ अर्थात ‘भादगाउँ टेलिभिजन’ मार्फत हरेक शनिबार बेलुकी ६ बजेदेखि ८ बजेसम्म तामाङ चलचित्र प्रसारण हुने सहमति भएको हो । यस अवसरका बारेमा सामाजिक सञ्जालमार्फत जानकारी दिँदै अध्यक्ष थोकरले सबैका लागि यो खुशीको खबर भएको बताएका छन् । साथै अवसर प्रदान गरेकोमा टेलिभिजन परिवार र तुलसी श्रेष्ठप्रति धन्यवाद समेत ज्ञापन गरेका छन् ।

लामो समयदेखि तामाङ परम्परामा मात्र आधारित रहँदै आएको तामाङ चलचित्रको बजार पछिल्लो समय व्यवसायिकतातर्फ समेत उन्मुख छ । साथै तामाङ गीतहरु र भिडियोहरुले समेत चर्चा कमाउन थालेको छ । तामाङ चलचित्रमा निर्माण उपकरण, क्यामेरा आदिको छनौट पनि राम्रो हुँदै गएको छ भने सम्पादन पक्ष पनि चुस्त हुँदै गएको छ । कथामा समेत व्यवसायिकता बढेसँगै सँस्कृति र पहिचानसँगसँगै चलचित्रले मनोरञ्जनमा पनि जोड दिएको छ । चलचित्रका गीतसँगीत समेत उत्कृष्ट बन्न थालेका छन् ।
यो पनि हेर्नुहोस्
आदिवासी जनजाति दिवसको झलक

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

प्रियंकाले सलमानको फिल्ममा काम नगर्नुको रहस्य यस्तो

हलिउडमा समेत धुम मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले सलमान खानको ‘भारत’ नामक चलचित्र छोड्नुको विषयलाई लिएर बलिउडमा ठूलो गसिप बनेको छ । मिडियामा आएका समाचारहरुका अनुसार प्रियंकाले आफ्नो ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको कुरा भइरहेका कारण उक्त चलचित्र छोडेकी हुन् । तर उनले उक्त चलिचत्र छोडेसँगै फरहान अख्तर स्टारर फिल्म ‘द स्काई इज पिंक’ मा साईन गरेपछि भने उनको यो कारण ओझेलमा परेको छ । उनले साईन गरेकी चलचित्रको छायाँकन अगष्ट ८ बाट सुरु हुँदैछ ।

नायिका आँचल भन्छिन्–‘जीवनको अँध्यारा पाटालाई प्रेमले सिँगार्ने कथा हो ब्ल्याक’
नायिका आँचल शर्माले नेपाली कथानक चलचित्र ‘ब्ल्याक’ ले मानिसको जीवनको अँध्यारा पाटाहरु र प्रेमले ती अँध्यारा पाटालाई किनारा लगाउने कथा बोकेको बताएकी छिन् । चलचित्रको प्रचारप्रसारका क्रममा आज हेटौँडामा भएको पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्र हेरिदिन समेत सबैलाई आग्रह गरिन् । ‘हरेक मानिसको जीवनमा अँध्यारा (कालो) पाटाहरु हुन्छन्, ती काला पाटाहरुलाई कसरी सेतो बनाउने भन्ने बारेमा चलचित्र बनेको छ, उनले भनिन्, ‘जीवनमा माया भइसकेपछि कसरी अप्ठ्यारो चिजपनि सजिलो लाग्छ अथवा मायाले कस्तो अप्ठ्यारो ल्याउँछ भन्ने जस्ता सबै कुराहरु मिक्स भएको छ ब्ल्याकमा ।’ चलचित्रमा आफुसहित सबै यूनिटले निकै मेहनत गरेको आँचलले बताईन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*