एलिना चौहानका आफ्नै ४ गीतहरु (भिडियो)

२१ असार २०७६, शनिबार २२:२०
Featured Video Play Icon

चन्द्र घलान/मकवानपुर, २१ असार । कभर गीतहरुबाट चर्चित बन्न सफल नव गायिका एलिना चौहानलाई धेरै श्रोता दर्शकहरुले उनले सुमधुर आवाज दिएको बहुचर्चित कभर गीतहरुबाट चिन्छन् । विभिन्न समयमा कभर गीत गाएर चर्चामा आएकी उनले ‘ईन्ष्टाको फोटो’ को जवाफी कभर भर्सन र ‘तिम्रो मायाले बाँधेर राख’ बोलको कभर भर्सनबाट थप चर्चा पाईन् । तर विडम्वना उनले यी दुबै गीतबाट कपिराईट समस्याको सामना समेत गरिन् । उनै एलिनाले कभर गीतबाट पाएको ठक्कर र कभर गीतबाटै पाएको चर्चाबाट पाठ सिक्दै आफ्नै आवाजमा समेत गीत रेकर्ड गराएका छन् र भिडियो सार्वजनिक गरेकी छिन् । हो, उनको आवाजमा कभर गीत मात्र सुन्दै आएका र भिडियो हेर्दै आएका श्रोता दर्शकका लागि यो खुशीको कुरा हो । उनले एउटा मात्र होईन थुप्रै गीतहरुमा आफ्नो आवाज दिएकी छिन् । ती गीतहरुमध्ये उनको आवाजमा रहेको ४ वटा गीतहरुका बारेमा यहाँ चर्चा गरिएको छ । हेरौँ पुरा भिडियो–

१) सम्बन्ध पुरानो– ‘सम्बन्ध पुरानो’ बोलको गीत एलिना चौहानको आवाजमा रहेको पहिलो अफिसियल गीत हो । आईम आचार्यको शब्द तथा आईम आचार्य र देव लवारको संगीत रहेको गीतलाई देव लवारले एरेञ्ज, मिक्स र मास्टरिङ गरेका हुन् । क्रोमाटिक एभी स्टुडियोको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोको छायाँकन तथा सम्पादन पनि लवारले नै गरेका हुन् । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई ६ लाख ८ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा १५ हजार लाईक र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

२) लेउ न माया लेउ– ‘लेउ न माया लेउ’ बोलको गीत एलिना चौहानको आवाजमा रहेको अर्को गीत हो । टंक तिमल्सिना र एलिनाको अवाज रहेको गीतमा टंक तिमल्सिनाको शब्द तथा कृष्ण बिकको संगीत तथा एरेञ्ज रहेको छ । प्रिज्म डिजिटलमा रेकर्ड गरिएको गीतलाई गायक टंककै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई श्यामश्वेत रसाईलीले मिक्स तथा मास्टरिङ गरेका हुन् । गीतको भिडियोलाई विक्रम चौहानले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायाँकन र मिलन विश्वकर्माको सम्पादन तथा कलरिङमा गीतको भिडियो तयार पारिएको छ । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई १ लाख ८३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा ७ हजार लाईक र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

३) सम्बन्ध तिम्रो मेरो– ‘सम्बन्ध तिम्रो मेरो’ बोलको गीत एलिना चौहानको आवाजमा रहेको अर्को गीत हो । चर्चित सँगीतकार बसन्त सापकोटाको प्रस्तुतिमा तयार भएको गीतमा एलिनासँगै बसन्त सापकोटा, सुजाता वर्मा र बेनिशा पौडेलको अवाज रहेको छ । गीतमा स्वप्निल बरालको शब्द तथा बसन्त सापकोटाको संगीत रहेको छ । प्रिज्म स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सँगीतकार सापकोटाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई सुदिप सागरले एरेञ्ज गरेका हुन् । गीतको भिडियोलाई शान थापाले निर्देशन तथा अर्जुन तिवारीको टिमले छायाँकन गरेको हो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई १ लाख ६० हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब १० हजार लाईक र १ हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

४) यो ज्यान कस्तो बैमानी– ‘यो ज्यान कस्तो बैमानी’ बोलको गीत एलिना चौहानको आवाजमा रहेको अर्को गीत हो । चर्चित सँगीतकार बसन्त सापकोटाको प्रस्तुतिमा तयार भएको गीतमा एलिनासँगै बसन्त सापकोटाको अवाज रहेको छ । गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सँगीतकार सापकोटाकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई रिकेश गुरुङले गरेका हुन् । गीतको भिडियोलाई शान थापाले निर्देशन तथा अर्जुन तिवारीको टिमले छायाँकन गरेको हो । यो सामाग्री तयार पार्दाको समयमा यस गीतलाई १ लाख १३ हजारभन्दा बढी पटक हेरिएको छ । गीतमा करिब ९ हजार लाईक र ५ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।
तपाईलाई यो भिडियो कस्तो लाग्यो ? भिडियोमा लाईक, कमेन्ट गर्न र हाम्रो च्यानलाई सब्स्क्राईब गर्न पनि नभुल्नुहोला ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*