हेटौँडा ९ मा प्रत्येक घरधुरीलाई २–२ वटा कागतीको बिरुवा वितरण

२१ असार २०७६, शनिबार १९:५५

आशिष खतिवडा, मकवानपुर, २१ असार । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय ३ नम्बर प्रदेशको सहयोग तथा ९ नम्बर वडा कार्यालयको व्यवस्थापनमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ का प्रत्येक घरधुरीलाई २ वटाका दरले उन्नत जातको कागतीको बिरुवा वितरण गरिएको छ । शनिबार ९ नम्बर वडाका वडाअध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिरुवा वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि खुलालले बजारको विषादीयुक्त फलफुल खानुभन्दा आफ्नै करेसाबारीमा आर्गानिक र प्राङ्गारिक मल प्रयोग गरेर फलाइएको फलफुल खाएर स्वस्थ जिवनयापन गर्न सुझाव दिए । त्यस्तै कार्यक्रमका सभाध्यक्ष एवम् वडा नम्बर ९ का वडाअध्यक्ष भण्डारीले उपलब्ध भएका फलफुलका बिरुवाको सही सदुपयोग गर्न अनुरोध गरे । अध्यक्ष भण्डारीले हेटौँडा सिमेन्ट उद्योगको खाली रहेको जग्गामा समेत फलफुल लगाउने योजना रहेको जानकारी दिए ।

कार्यक्रममा हेटौँडा सिमेन्टका प्रतिनिधि, मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरु र अध्यक्षहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन ९ नम्बर वडाका वडासदस्य सुकराम केसीले गरेका थिए ।
यो पनि हेर्नुहोस्
मुटुदेखि मुटुसम्म भाग–५ प्रेम कहिल्यै मर्दैन

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

दुबईमा यी नेपालीको बब्बाल डान्स्, केटा हो कि केटी छुट्याउनै समस्या
केही महिना अघि चर्चित भाईरल बाल गायक अशोक दर्जी र चर्चित गायक टंक बुढाथोकी सहितको टोली दुबईमा भएको सांस्कृतिक कार्यक्रममा पुगेका थिए । सोही कार्यक्रममा एक प्रवासी नेपालीले बब्बाल डान्स गरेका थिए । उनको गीतमा धेरै युवकले हुटिङ समेत गरेका थिए । उनी युवक हुन् कि युवती ? यो छुटाउन सबैलाई हम्मे–हम्मे पर्यो । तपाईले सक्नुहुन्छ कि ? हेनुृहोस् भिडियो–

दिपकराज गिरीको दुई वटी श्रीमती ?
शिर्षक पढेर अचम्म लाग्यो होला तर यो सत्य हो । नझुक्किनुस् है , यो कुरा कलाकार दिपकराज गिरीको वास्तविक जीवनको बारेमा होईन । उनी वास्तविक जीवनमा आफ्नै श्रीमतीसँग खुशी छन् । यहाँ म कुरा गरिरहेको छु दिपकराज गिरी सहितको टिमको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ को ।छायांकनको समयदेखि नै चर्चामा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत साउन १४ गते युट्युबमार्फत सर्वाजनिक गरिएसँगै चलचित्रको कथाका बारेमा समेत कौतहुलता पैदा भएको छ । तर दिपकको दुई वटी श्रीमति देखिएसँगै यो चलचित्र बहुविवाह सम्बन्धी हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

नायिका प्रियंका कार्कीले विवाह हुनु अघि नै सोचिन् छोरीको नाम
‘कथा काठमाण्डुको’ चलचित्रमा समावेश एक गीतमा अन्तरङ्ग दृश्य दिएपछि थप चर्चा र आलोचना समेत खेपिरहेकी चर्चित कलिउड नायिका प्रियंका कार्कीले विवाहपूर्व नै आफ्नी छोरीको नाम सोचेकी छिन् । फेसन कन्सियसमा हेक्का राख्ने उनले फेसन ट्रेन्ड अनुसारको ड्रेसप चेञ्ज गर्न र सोही अनुसारको जीवनशैली अपनाउन थालेको लामो समयसमेत भईसकेको छ । फेसनकै ?पमा पछिल्लो समय चर्चामा रहेको ट्याटु खोप्ने ट्रेण्डलाई समेत उनले अपनाइसकेकी छिन् । यसै सिलसिलामा उनले यहि ट्रेण्डलाई फलो गर्दै आफ्नो घाँटीमा हुनेवाला छोरीको नाम ‘आयंका’ लेखिएको ट्याटु खोपाएकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*