हिन्दी डब्ड ‘तडका’ एक नम्बर ट्रेण्डिङमा

२१ असार २०७६, शनिबार १९:२२

मकवानपुर, २१ असार । तेलेगु चलचित्र ‘शैलजा रेड्डी अलुदु’ को हिन्दी डब्ड भर्सन ‘तडका’ नेपाली युट्युब ट्रेण्डिङको नम्बर एकमा पर्न सफल भएको छ । गाउँमा सबैले मानेका एक नेतृको कथामा आधारित चलचित्रले त्यतिखेर टर्निङ लिन्छ जब उनकी छोरीले डाक्टर ईन्जिनियर नभई सामान्य युवकलाई प्रेम गर्छिन् ।

दर्शकले रुचाएका कारण यो चलचित्र अहिले एक नम्बरमा छ । यो सामाग्री तयार पार्दाको समयमा यस चलचित्रलाई ४ करोड ५० लाख ५० हजारभन्दा बढी पटक हेरिएको छ । चलचित्रलाई ४ लाख ५५ हजार लाईक र ४३ हजार डिसलाईक प्राप्त भएको छ । चलचित्रमा २० हजारभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

चलचित्रमा नागा चैतन्य, अनु ईम्मानुयल, राम्या कृष्णा, नरेश, मुरली शर्मा, बनेला किशोर लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रलाई मारुती दशारीले निर्देशन गरेका हुन् भने मनिश शाहले निर्माण गरेका हुन् । चलचित्रमा गोपी सुन्दरको सँगीत सुन्न सकिन्छ । हेर्नुहोस् चलचित्र–

यो पनि हेर्नुहोस्
बितेका पलहरु अब युट्युबमा

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो
तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो । चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो ।

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै पनि भिडियो ट्रेण्डिङमा पर्नुमा दर्शककै ठूलो हात हुन्छ त्यसैले भिडियोले दर्शकको मन छोयो भने मात्र सफल हुन सम्भव छ । युट्युबमा भिडियो ट्रेण्डिङमा पार्न सहज नहुने अवस्थामा पनि नेपालकै एउटा टिभी सिरियलको हरेक एपिसोड हरेक हप्ता युट्युब ट्रेण्डिङमा पर्छ भन्ने सुन्दा तपाईँलाई अलि अनौठो लाग्ला । तर, यो वास्तविकता नै हो । यसबाट समेत उक्त टिभी सिरियल कति चर्चित छ भन्ने कुरा प्रमाणित हुन्छ । हजुर उक्त चर्चित टेलिसिरियल हो ‘भद्रगोल’ । बिगत ५ महिनाभन्दा पछिका मात्र एपिसोड हेर्ने हो भने ‘भद्रगोल’ का हरेक हप्ताका फरक एपिसोडहरु युट्युब ट्रेण्डिङमा पर्न सफल भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*