तामाङ चलचित्र ‘सेर्कु’ आज ४ बजे भक्तपुरको बाराही हलमा प्रदर्शन हुने

२१ असार २०७६, शनिबार १२:५३

मकवानपुर, २१ असार । तामाङ कथानक चलचित्र ‘सेर्कु’ यही असार २१ गते शनिबार भक्तपुरको बाराही हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई साँझ ४ बजे प्रदर्शन गर्न थालिएको तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिएका छन् । तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल भएको थियो । चलचित्रमा चाँदनी मोक्तान, ऋतुराज पाख्रिन, सुष्मा मोक्तान, सुष्मा थिङ, विकास स्याङ्तान, उर्मिला वाईबा, श्यामलाल योञ्जन, बैरागी मोक्तान, मुस्कान तामाङ, योगेश मोक्तान, किरण तामाङ, गोपीराम तामाङ र निमादावा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ । चर्चित नायिका चाँदनी मोक्तान लामो समयपछि चलचित्र क्षेत्रमा यसै चलचित्रमार्फत कमब्याक गरेकी हुन् ।

राजकुमार मोक्तानको निर्देशनमा तयार भएको चलचित्रमा ऋतुराज पाख्रिनको कथा, पटकथा रहेको छ । रोशन फ्युबा तामाङको कोरियोग्राफी रहेको चलचित्रलाई राजकुमार मोक्तान र सिदार्थ मोक्तानले निर्माण गरेका हुन् । चलचित्रमा पवन वाङको ब्याकग्राउण्ड स्कोर रहेको छ । चलचित्रका गीतहरु जीवन बोम्जन र राजकुमार मोक्तानले लेखेका हुन् । गीतमा आर.बी. लामा सिङ्दान र राजकुमार मोक्तानको संगीत रहेको छ भने अमृत लामा, जितु लोप्चन र आर.बी. लामा सिङ्दानले गीतमा आवाज दिएका छन् ।
यो पनि हेर्नुहोस्
तामाङ चलचित्र ‘ङ्हो’ को प्रिमियर यस्तो भयो

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

तामाङ कथानक चलचित्र ‘घ्रान’ (कसम) हेर्न दर्शकहरुको ओईरो लागेको छ । शनिबार काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा भएको पहिलो प्रिमियर शोमा दर्शकहरुको ओइरो लागेको हो । कानून, न्याय तथा संसदीय व्यबस्था मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यता तथा चर्चित नायिका सुकुमाया मोक्तानको अध्यक्षतामा भएको प्रिमियर शो मा चलचित्रकर्मी, पत्रकार, बुद्धिजीवि, चलचित्र समिक्षकका साथै दर्शकहरुको ठूलो जमातको सहभागीता रहेको थियो ।

चलचित्रका नायक सागर घिसिङ,नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ, पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ (चन्द्र ग्याबक) लगायतको टोलीसँगै दर्शकहरुले फिल्म हेरेका थिए । चलचित्र हेर्न तामाङ कला तथा चलचित्र क्षेत्रका चर्चित हस्तीहरु नायक अमिर दोङ, हुत्त सञ्जय लामा, चर्चित खलनायक बिकु थोकर, नायिका खुशी घिसिङ, सुनिता लुङ्वा, चर्चित गायक विश्व दोङ लगायतको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रममा चर्चित गायक विशाल काल्तान, , जनता टेलिभिजनका पत्रकार दिपेन्द्र दोङ र विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोही लक्मी तामाङलाई सम्मान गरिएको थियो । कार्यक्रममा गायक तथा नायक शम्भु घिसिङको ‘मञ्जुर’ गीति एल्बमको समेत विमोचन गरिनुका साथै चर्चित गायक विशाल काल्तान, जितु लोप्चन तथा आरके योञ्जनले चर्चित गीतहरु क्रमशः ‘तिङ मि ढुकढुक’ र ‘ए बिना ङा’ लाईभ पर्फोमेन्स् दिएका थिए ।

प्रिमियर शोको उद्घाटन गर्दै मन्त्री तामाङले तामाङ चलचित्रमाथिको कानूनी समस्याहरु समाधान गर्ने ‘घ्रान’ समेत खाएका छन् । उनले तामाङ चलचित्र माथिको कानूनी समस्याहरु समाधान गर्ने बताए । त्यस्तै तामाङ चलचित्र संघका अध्यक्ष जेनिस दोङले तामाङ चलचित्रमाथि विभेद गरेको गुनासो पोखे ।
हेर्नुहोस् कार्यक्रमको केही विशेष प्रस्तुतिहरु–

प्रदर्शन अगावै गीत–संगीत, प्राविधिक पक्ष र दमदार ट्रेलरका कारण चर्चामा रहेको चलचित्र ‘घ्रान’ प्रिमियर पश्चात दर्शकहरुले प्रतिक्रिया दिँदै चलचित्रले नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद पस्कन सफल भएको बताएका छन् । चलचित्रले तामाङ चलचित्रको इतिहासमा नयाँ प्रयोग गरेको भन्दै प्रशंसा समेत गरिएको छ । चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ । जनयुद्धका समयमा गाउँमा ठूलाबडाले गरेका अत्याचारको कथा बोकेको चलचिलाई नेपाली भाषामा समेत डबिङ गरी अल नेपाल रिलिजको तयारी गरिएको छ । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका हुन् । जनक गुरुङले निर्देशन सम्हालेको चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*