पुजा तामाङको गीतमा सागर घिसिङ र निरञ्जली लामाको रोमान्स

२० असार २०७६, शुक्रबार २१:५२

मकवानपुर, २० असार । गायिका पुजा तामाङको ‘कोही छ कि’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतको भिडियोमा चर्चित नायक सागर घिसिङ र मोडल निरञ्जली लामाले अनस्क्रिन रोमान्स गरेका छन् । निकै नै रोचक शैलीमा निर्माण गरिएको म्युजिक भिडियोमा सागर र निरञ्जलीको केमेष्ट्री मात्र होईन कथागत शैली पनि दर्शकको रोजाईमा पर्न सक्ने देखिन्छ ।

गायिका पुजा तामाङ

टिका बोम्जनको शब्द र सँगीतमा तयार भएको गीतलाई पवन लामाले एरेञ्ज गरेका हुन् । गीतको म्युजिक भिडियोमा सागर र निरञ्जलीसँगै भुइसाल लामा र कमानसिं तामाङले समेत अभिनय गरेका छन् । विक्रम तामाङले खिचेको भिडियोलाई अजय स्याङ्तानले निर्देशन तथा सम्पादन गरेका हुन् । म्युजिक भिडियोलाई अर्जुन पोखरेलले कलरिङ गरेका छन् । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्
मकवानपुरगढीको सार्वजनिक सुनुवाई जँगिए तामाङ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

तामाङ चलचित्र ‘सेमरीन मुला माया’ हेर्न उर्लिए दर्शक

तामाङ कथानक चलचित्र ‘सेमरीन मुला माया’ को पहिलो प्रिमियर शोमा नै चलचित्र हेर्नका लागि दर्शकको हुल उर्लिएका छन् । शनिबार सर्लाहीको हरिवन सिनेमा हलमा चलचित्र हेर्नका लागि थामिनसक्ने गरी दर्शकहरुको भीड जम्मा भएको थियो । तामाङ समुदायमा स्वाँगे दाजुभाइहरुको बिचमा विवाह गर्ने प्रथाले तामाङ समाजमा बिकृति फैलाएको बारेमा यस चलचित्रले सचेत गराएको दर्शकहरुले प्रतिक्रिया दिएका छन् । चलचित्र हेरेपश्चात संचारकर्मीहरुसँग प्रतिक्रिया दिँदै दर्शकहरुले चलचित्र एकपटक हेर्नै पर्ने खालको बनेको बताएका हुन् । सर्लाही जिल्लामा तामाङ चलचित्र हेर्ने दर्शकको ठूलो जमात देखेपछि हल संचालक समेत आश्चर्यमा परेका छन् । नेपाली भाषाको चलचित्रभन्दा पनि तामाङ भाषाको चलचित्र हेर्न मानिसहरु बढी आएको हलका संचालक निरोज कार्कीले बताए । नेपाली भाषाको चलचित्र हेर्ने दर्शकको भिड समेत आजको जति कहिल्यै पनि नदेखिएको भन्दै उनले आफुलाई पनि नेपाली चलचित्रभन्दा अत्यन्त उत्कृष्ट लागेको बताएका छन् ।

चलचित्र अत्यन्त उत्कृष्ट बनेको प्रतिक्रिया दिँदै सर्लाहीमा पहिलो पटक चलचित्रले ३ लाख ५० हजार रकम उठाउन सफल भएको शोका समन्वयनकर्ता एवं तामाङ पत्रकार संघ सर्लाहीका कोषाध्यक्ष चन्द्रबहादुर जिम्बाले जानकारी दिए । यसभन्दा पहिले पनि सर्लाहीमा धेरै तामाङ चलचित्रहरुको च्यारिटि शो हुँदै आएका थिए तर यो चलचित्र हेर्न २५ सयभन्दा बढी दर्शकको भिड लागेको थियो । चलचित्र प्रदर्शन भइरहँदा दर्शकको आँखामा आशु रसाएपछि आफुहरुले पनि थाम्न नसकि दर्शकहरुसंगै आँशु झार्न बाध्य भएको नायिका खुशी घिसिङले बताईन् ।

आफुले एक दर्जन नेपाली चलचित्रमा अभिनय गरिसकेको भएपनि नायिका घिसिङले ‘सेमरीन मुला माया’ जति राम्रो चलचित्र नबनेको दाबी गर्दै दर्शकहरुले पूनः चलचित्र प्रदर्शन गर्न आग्रह गरेको बताईन् । आगामी दिनमा समेत च्यारिटी शो गर्ने बाचा सहित नायक हुत्त संजय लामाले खुशी व्यक्त गरेका छन् ।चलचित्रको प्रिमियरमा हुत्त संजय लामा , नायिका खुशी घिसिङ , गंगा मोक्तान , प्रदिप दोङ , रुचिका गोले , अम्बिर रुम्बा , रोहन तितुङ , हिरा ब्लोन , लोक लामा लगायतका कलाकारहरुको सहभागिता रहेको तामाङ पत्रकार संघ सर्लाही शाखाका अध्यक्ष राजु लो तामाङले जानकारी दिए । नायक हुत्त सञ्जय लामाले यस अघि ‘क्राबा ङाला सेम’ निर्माण गरेका थिए जुन व्यवसायिक रुपमा सफल समेत भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*