धनकुटामा प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको अडिसन सम्पन्न

२० असार २०७६, शुक्रबार २१:२१

मानवी तामाङ, धनकुटा, २० असार । प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको धनकुटा अडिसन शुक्रबार हिलेमा सम्पन्न भएको छ । नेपाल तामाङ घेदुङ उर्लाबारी नगर कार्य समितिको आयोजनामा तामाङ समुदायको भाषा धर्म संस्कार संस्कृति परम्परालाई प्रबद्र्धन गर्ने उदेश्यले १ नम्वर प्रदेशभरीका तामाङ समुदायको युवतीहरुको व्यक्तित्व र क्षमता विकास गर्न मिस तामाङ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकुमार योन्जन तामाङले बताए । प्रतियोगिताको सह–आयोजक नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति धनकुटा रहेको छ ।

अडिसनमा धनकुटा, भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लाका गरी जम्मा २५ जना तामाङ युवतीहरुले सहभागिता जनाएको प्रतियोगिताका सह–आयोजक जिल्ला घेदुङ धनकुटाका सचिव फुर्वा घिसिङ तामाङले बताए । अडिसनको मुख्य निर्णायकमा सन् २०१८ की मिसेस नेपाल सेकेण्ड रनरअफ, मोष्ट ट्यालेण्ट जित्न सफल शान्ती पाख्रीन तामाङ रहेकी छिन् । त्यस्तै फेसन डिजाईनर जीवन चिमरिया, व्यूटिसयन सोयश्री वज्रचार्य र मानवी तामाङ मोक्तान समेत निर्णायकको भूमिका छन् । प्रदेश नम्बर १ स्तरिय मिस तामाङ प्रतियोगिताको पहिलो अडिसन असार १२ गते इलामबाट सुरु भएको थियो भने दोस्रो अडिसन असार १६ गते झापाको बिर्तामोडमा,सम्पन्न भइसकेको छ । आगामी असार २५ गते सुनसरीको तरहरामा र असार २८ गते उर्लाबारीमा अडिसन हुने जिल्ला घेदुङ धनकुटाका अध्यक्ष विष्णु मोक्तान तामाङले बताएका छन् । प्रतियोगिताको फाईनल भिडन्त धनकुटाको हिलेमा आगामी भदौ २८ गते हुने बताइएको छ ।

मिस तामाङ १ नम्बर प्रदेश प्रतियोगिताको बिजेताले नगद १ लाख, गिफ्ट ह्याम्पर र दोस्रोलाई ५० हजार गिफ्ट ह्याम्पर प्रदान गरिने छ । त्यस्तै अन्य बिजेताहरुलाई विभिन्न विधामा नगद र गिफ्ट ह्याम्पर साथै एक वर्ष सम्मका लागि फेसन डिजाईन डिप्लोमा कोर्ष, शैक्षिक इस्कलरसिप, जिवन विमा लगायतको विभिन्न विधामा पुरस्कारहरु रहेको आयोजक नेपाल तामाङ घेदुङ नगर समिति उर्लाबारी मोरङका अध्यक्ष राजकुमार योन्जन तामाङले बताएका छन् ।
यो पनि हेर्नुहोस्
अचम्म ! तामाङले पनि नाच्छन् घाटु नाच

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

‘मैच्याङलाई देखेपछि च्याङ्बाको हर्कत’

तामाङ कथानक चलचित्र ‘ङिङ्जे’ को ‘डम्फुमी राप्सी’ बोलको गीतले युट्युबमा चर्चा कमाउन सफल भएको छ । गीतमा चलचित्रका नायक अमिर दोङ र नायिका सुस्मा थिङसहित अन्य कलाकारहरुको अभिनय छ । चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म ३३ हजार १ सय ७० पटकभन्दा बढी हेरिएको छ । गीतमा रोशन लामा र जीतु लोप्चनको आवाज रहेको छ । गीतको शब्द रुपेन मोक्तानले लेखेका हुन् । गीतमा रोशन लामाको संगीत रहेको छ । चलचित्रको यस अघि नै दुई अन्य गीत समेत सार्वजनिक भइसकेको छ । चलचित्रको कथा र स्क्रिप्ट ऋतुराज पाख्रिनले लेखेका छन् ।

अमिर दोङको निर्देशन रहेको चलचित्रमा अमिरसँगै सुश्मा थिङ,रुपा एस घले, पुष्पाञ्जली लोप्चन, कुइसङ रुम्बा, पदम दोङ, मोनिका मोक्तान, अनिता नेगी, रञ्जिता लामा, सोम मोक्तान, बाल कलाकारमा सजिना लोप्चन लगायतको अभिनय रहेको छ । चलचित्रका कार्यकारी निर्माता तेनेराज दोङ र प्रबिन घिसिङ हुन् । छायांकन तथा सम्पादको जिम्मा विक्रम लामा मोक्तानले लिएका छन् । चलचित्रमा राजु दोङको द्वन्द र कृष्ण ब्लोनको कोरियोग्राफी रहेको छ । चलचित्रलाई रञ्जिता लामा र दिपेन्द्र लोप्चन तामाङले निर्माण गरेका हुन् ।

तामाङ चलचित्र ‘का ला दाग’ लाई करिब २ लाख भ्यू

तामाङ भाषामा निर्मित तामाङ कथानक चलचित्र ‘काला दाग’ लाई युट्युबमा करिब २ लाख भ्यू प्राप्त भएको छ । ‘को म्हेन्दो मिडिया हाउस’ को अफिसियल युट्युब च्यानल मार्फत मार्च १ तारिखमा युट्युबमा रिलिज गरिएको यो चलचित्रलाई यो समाचार तयार पार्दासम्म १ लाख ७४ हजार २ सय ९८ पटक भन्दा बढी हेरिएको छ ।

चलचित्रमा कुमार मोक्तान तामाङ, सिता लामा, बसन्त मोक्तान, बिकु थोकर, बुद्ध लामा, अमर लामा लगायतका कलाकारहरुको मूख्य भूमिका रहेको छ । चन्द्रलाल दोङ र वसन्त मोक्तान (नोर्साङ) को निर्माणमा बनेको चलचित्रको कथा प्रकाश लामाले लेखेका हुन् । चलचित्रमा शंकर महर्जनको द्वन्द रहेको छ भने शंकर महर्जनले चलचित्रको निर्देशन गरेका हुन् । जोगलाल लामा र निमा दोङको संगीत रहेको चलचित्रका गीतहरुमा विशाल काल्तान, सन्तोष लामा, जितु लोप्चन, बबिता पाख्रिन र विरेन्द्र दोङले आवाज दिएका छन् । चलचित्रमा सुनिल मोक्तानको नृत्य निर्देशन रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*