प्रगति माविमा कविता प्रतियोगिता, रिमाल र तामाङ विजयी

२० असार २०७६, शुक्रबार २०:५६

आशिष खतिवडा, मकवानपुर, २० असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा अवस्थित प्रगति माध्यमिक विद्यालयमा शुक्रबार अन्तर माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा उज्ज्वल मावि बसमाडीकी सलिना रिमाल प्रथम, अमर माविकी रविना तामाङ द्वित्तिय, राजदेवी मावि हेटौँडा १७ की शर्मिला धमला तृतिय र जनप्रिय मावि हेटौँडा १७ का सविन श्रेष्ठ सान्त्वना भएका छन् ।

कार्यक्रममा साहित्यकार सुवास खनाल र प्रगति माविका नेपाली विषय शिक्षक तथा पत्रकार ज्योति न्यौपानेले निर्णायकको भूमिका निभाएका थिए । कार्यक्रम सह प्रधानाध्यापक किशोर पराजुलीले सञ्चालन गरेका हुन् । नगरस्तरीय शैक्षिक समन्वय समिति हेटौंडाको आयोजना तथा प्रगति माध्यमिक विद्यालयको प्रायोजनमा कार्यक्रमको आयोजना गरिएको नगर शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप प्रमुख डी.बी.बर्तौलाले जानकारी दिए ।

प्रगति माविका प्रधानाध्यापक निरन्जन ढकालको सभाध्यक्षता तथा ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णुमणि अधिकारी, नगर शैक्षिक समन्वय समितिका अतिरिक्त क्रियाकलाप प्रमुख डी.बी. बर्तौला, राजदेवी माविका प्रअ सानुकाजी पाण्डे, कैलाश धिताल, शान्ता पन्थी, अशोक महतो, माधब गौतम, रेखा अधिकारीलगायतको आतिथ्यता रहेको थियो ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

माया गर्ने जोडीको रोजाईमा ‘एदेन ङाला चु मायामी’

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘एदेन ङाला चु मायामी’ बोलको गीतलाई प्रेम गर्ने जोडीहरुले रुचाएका छन् । प्रेमिल शब्दहरुसँगै आकर्षक छायाँकनले दर्शकको मन जित्न सफल भएको छ । गीतमा चलचित्रका नायक बुद्ध थिङ र नायिका रोशनी ब्लोनको मन जित्ने अभिनयलाई देख्न सकिन्छ ।चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म १५ हजार ७ सय २ पटकभन्दा बढी हेरिएको छ । गीतमा आशुसेन लामा र शशिकला मोक्तानको आवाज रहेको छ । गीतको शब्द हस्तबहादुर तामाङले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । चलचित्रमा मानिस जन्मने बित्तिकै टुहुरो नहुने तर परिस्थितिले टुहुरो बनाउने कुरालाई पर्दामा उतारिएको छ । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रमा छोईसाङ बम्जन र सजिता दोङसहित छोईसाङ बम्जन,सजिता दोङ लगायतका कलकारहरुको अभिनय रहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*