कम्प्युटर वा ल्यापटपबाट युट्युब च्यानल बनाउने तरिका (भिडियो)

२० असार २०७६, शुक्रबार १७:३२
Featured Video Play Icon

चन्द्र घलान, २० असार । ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ । युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड गर्दै आफ्नो जीवनको गुजारा समेत चलाउन सकिने अवस्था अहिले छ । तर यसका लागि बाटो सजिलो छैन । पहिलो कुरा त यसबाट आँखा झिमिक्क गरेको जसरी पैसा कमाउन सकिँदैन अनि यसले करोडपति र अरबपति बन्न केहीलाई मात्र सहयोग गर्न सक्छ । हो युट्युबमा वर्षौँको लगानी आवश्यक छ । हामीले यस भिडियोमा कम्प्युटर डेस्कमटप वा ल्यापटपबाट युट्युब च्यानल कसरी खोल्ने भन्ने विषयमा जानकारी दिएका छौँ । यो भिडियो हेरेर तपाई पनि नयाँ युट्युब च्यानल बनाउन सक्नुहुन्छ । यो भिडियो विशेषगरी भर्खरै युट्युब सिकिरहनुभएको साथीहरुका लागि तयार पारिएको हो । हेरौँ पुरा भिडियो–

कसरी बनाउने च्यानल ?

युट्युब च्यानल बनाउन तपाईसँग एउटा जिमेल आईडी हुनु जरुरी छ । जिमेल आईडी कसरी बनाउने भन्ने बारेमा हामीले यस अघि नै भिडियोहरु तयार पारिसकेका छौँ, ती भिडियोहरुलाई तपाई हेरेर जिमेल आईडी बनाउन सक्नुहुन्छ । युट्युब च्यानल खोल्नका लागि लागि तपाई सर्वप्रथम कुनै ब्राउजरको सहयोग लिन सक्नुहून्छ । तपाईले क्रोम, फायरफक्स, ओपेरा लगायतका ब्राउजरहरुको प्रयोग गर्दा एड्रेस बारमा गएर जततउकस्ररधधध।थयगतगदभ।अयmर टाईप गरेर युट्युब च्यानल बनाउन सक्नुहुनेछ । यसरी हानेपछि युट्युब खुल्छ र त्यहाँ तपाईले विभिन्न भिडियोहरु देख्न सक्नुहुनेछ । त्यसपछि तपाईले सबैभन्दा माथि दायाँतर्फ ‘साईन ईन’ भन्ने अप्सन देख्न सक्नुहुन्छ । त्यसमा क्लिक गरेपछि यदि तपाईले कुनै जिमेलबाट युट्युबमा साईन ईन गर्नु भएको छ भने त्यहाँ तुरुन्तै लग ईन देखाउँछ तर तपाईले लग आउट गर्नुभएको छ भने त्यहाँ ईमेलहरुको लिष्ट देखाउँछ । तर कुनै पनि एकाउण्टबाट लग ईन (साईन ईन) गर्नु भएको छैन भने सिधै साईन ईन अप्सन दिन्छ । भिडियोमा देखाएको जस्तै यदि तपाईले अरु कुनै आईडी हालेर यस अघि नै जिमेल वा युट्युब लग ईन गर्नुभएको छ भने त्यस ईमेलका लिष्टको तल ‘युज अनोदर एकाउन्ट’ भन्ने अप्सन देख्न सक्नुहुनेछ । त्यसमा क्लिक गरेपछि ‘ईमेल अर फोन’ भन्ने ठाउँमा तपाईले तपाईको ईमेल आईडी राखेर ‘नेक्स्ट’ मा क्लिक गर्नुपछ । त्यसपछि ‘ईन्टर योर पासवर्ड’ भन्ने अप्सनमा उक्त जिमेल आईडीको पासवर्ड हाल्नुपर्छ र नेक्स्टमा क्लिक गर्नुपर्छ ।

यसरी क्लिक गरेपछि तपाईले ‘प्रोटेक्ट योर एकाउन्ट’ भन्ने अप्सन देख्नुहुन्छ र त्यहाँ तपाईले रिकभरी फोन नम्बर वा इमेल राख्न सक्नुहुन्छ अथवा नराख्दा पनि हुन्छ । यसरी राख्नुभएमा कुनै समय तपाईले जिमेलको पासवर्ड बिर्सनुभयो भने फोन वा रिकभरी ईमेलबाट त्यसलाई परिवर्तन गर्न सजिलो हुन्छ । तपाई राख्न चाहानुहुन्छ भने ‘अप्टेट’ भन्ने अप्सनमा र राख्न चाहानुहुन्न वा पहिले नै राखिसक्नु भएको छ भने ‘डन’ भन्ने अप्सनमा क्लिक गर्न सक्नुहुन्छ । कहिलेकाँही भने यो नदेखाउन पनि सक्छ ।

यसरी तपाईको एक चरणको कार्य सफल हुन्छ त्यसपछि तपाई पूनः युट्युवमै पुग्नुहुन्छ । त्यसपछि भने तपाईले दायाँतिर आईकनमा तपाईको जिमेलमा राख्नुभएको नामको अगाडिको अक्षर देख्नुहुन्छ । त्यसपछि तपाईले उक्त तपाईको नामको अक्षर देखाएको ठाउँमा क्लिक गर्नुहोस् । त्यसपछि ‘योर च्यानल’ भन्ने अप्सनमा क्लिक गरेपछि ‘युज युट्युब एज’ भन्ने अप्सन आउँछ । त्यहाँ तपाईले तपाईको नाम र थर देख्नुहुन्छ अथवा तपाईले जिमेलमा राख्नुभएको नाम र थर देख्नुहुनेछ । त्यसपछि तपाईले त्यही नाममा युट्युब च्यानल चलाउन सक्नुहुन्छ अथवा तपाईले त्यो नाम र थरको ठाउँमा तपाईले राख्नचाहानुभएको युट्युब च्यानलको नाम राख्न सक्नुहुन्छ । अथवा तपाईले यसलाई पछि च्यानल बनाएपछि पनि सेटिङबाट परिवर्तन गर्न सक्नुहुन्छ । तपाईको युट्युब च्यानलको नाम राखिसकेपछि ‘क्रियट च्यानल’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् । त्यसपछि तपाईको युट्युब च्यानल बनिसक्छ । र त्यहाँ तपाईले राख्नुभएको नाम सहित सेटिङको अप्सन र नो सब्स्क्राईबर लेखिएको समेत देख्नुहुनेछ । साथै सेटिङबाट तपाईले च्यानलको सेटिङ पनि गर्नसक्नुहुनेछ । त्यहाँ तपाईले च्यानलको नाम र डिस्क्रिप्सन देख्नुहुन्छ । ‘च्यानल डिस्क्रीप्सन’ भन्ने अप्सनमा तपाईको च्यानलको बारेमा लेख्नसक्नुहुनेछ । त्यस्तै कस्टमाईजमा गएर तपाईले च्यानलको आईकन फेर्न र च्यानल आर्ट समेत परिवर्तन गर्नसक्नुहुन्छ । च्यानल आर्टका लागि तपाईले आफैले बनाएर वा युट्युबमै भएको डिफल्ट आर्टलाई पनि राख्नसक्नुहुन्छ ।
यो पनि हेर्नुहोस्
मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*