तामाङ सिरियल ‘आबा ङाछा’ को २६ औँ भाग यस्तो बन्यो

२० असार २०७६, शुक्रबार १६:५१

मकवानपुर, २० असार । डिस होमको रमाइलो एचडीमा प्रत्येक बिहीबार साँझ ६ः३० बजे प्रसारण हुने कमेडी तामाङ सिरियल ‘आबा ङाछा’को ‘ २६ औँ श्रृङ्खला युट्युब मार्फत सार्वजनिक भएको छ । सिरियललाई युट्युबमा टिएफ च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

बढिजसो तामाङ भाषा र केही पात्रगत हिसाबले नेपाली भाषा समेत मिसाइएको टेलि सिरियललाई जयन कुमार मोक्तानले लेखन निर्देशन गरेका हुन् । जातिय पहिचान, धर्म, सँस्कार र सँस्कृतिलाई संरक्षण गर्दै प्रवर्धन गर्ने मुल उद्देश्यले आबा ङाछाको निर्माण गरिएको हो । तामाङ भाषासँगै तामाङ भेषभुषामै देखिने कलाकारहरुले तामाङ भाषामा निकै स्वादिला कमेडी डाईलगहरु बोल्छन् । सिरियलमा जयनकुमार मोक्तान, फुलमान फुलमान स्याङ्तान, सुरेन्द्र स्याङ्बा, उदाश लामा, गोर्खा घिसिङ, सन्तोष लामा, कविता दोङ, मिस शंखु, कुमार लामा, विशाल मोक्तान, सुस्मिता तामाङ, राजिव लामा, मिना दोङ तामाङ, आकृति मोक्तान, अञ्जु तामाङ, अर्बिन्द कापर लगायतका कलाकारहरुको अभिनय हेर्न सकिन्छ । टेलिसिरियलमा स्याउरी माया, लखरमाया लगायतका विभिन्न पात्रहरुले पेट मिची मिची हँसाउने गर्छन् ।

योगेन्द्र कार्कीको छायाँकन रहेको टेलिसिरियललाई सविता लामाले निर्माण गरेकी हुन् । आबा ङाछाको शिर्ष गीतलाई प्रयास दोङले संगित र आवाज दिएका छन् । चलचित्रको ब्याकग्राउण्ड स्कोर कुमार लामा योञ्जनले सम्हालेका छन् । हेरौ टेलिसिरियलको २६ औँ भाग–

यो पनि हेर्नुहोस्
मिडियाको सवालमा यसो भन्छन् प्रजिअ अस्मान तामाङ

मुर्चुङ्गा टिभीको लोकप्रिय समाचारहरु

चर्चित बन्दै ऋतु तामाङको म्हेन्दोमाया गीत ‘स्यामा गुनेरी’

ल्हा लुङ मिडिया ग्रुपको प्रस्तुतिका रुपमा सार्वजनिक गरिएको ‘स्यामा गुनेरी’ बोलको म्हेन्दोमाया गीतले युट्युबममा चर्चा कमाउन सफल भएको छ । मोडलका रुपमा समेत चर्चा कमाउन सफल गायिका ऋतु वाईबा तामाङ र चलमान माम्बाको आवाज रेहको यो गीत मे ९ तारिखमा युट्युबमार्फत सार्वजनिक गरिएको थियो । यो समाचार तयार पार्दासम्म यो गीतलाई ५ हजार ४ सय ९१ नब्बे पटकभन्दा बढी हेरिएको छ । युट्युबमा अपलोड गरेको २ दिनमै भ्यू बढ्दै गएकोले यो गीतले थप चर्चा पाउने देखिन्छ । गीतमा शब्द तथा संगीत शैलप वाईबा तामाङको रहेको छ भने गीतलाई पवन वाङ लामाले एरेन्ज गरेका छन् ।

दिपेन्द्र भट्टको छायांकन तथा सम्पादनमा निर्मित गीतको भिडियोमा सुन्दर नृत्य समेत प्रस्तुत गरिएको छ । भिडियोलाई एमबी गुरुङले निर्देशन गरेका हुन् । म्यूजिक भिडियोमा ऋतुसँगै एरिन तामाङ, डोल्मा तामाङ र एमबी गुरुङले अभिनय गरेका छन् ।

‘टुहुरोला ल्हुई’ को नयाँ गीतमा छोईसाङ र सजिताको रोमान्स

तामाङ कथानक चलचित्र ‘टुहुरोला ल्हुई’ को ‘चुँई चुँई ङोसी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा चलचित्रका नायक छोईसाङ बम्जन र सजिता दोङको नृत्य सहितको रोमान्सलाई देखाइएको छ । सार्वजनिक गीतमा नायिका सजिताले नायकलाई नै पछाडि पारेको प्रष्ट देखिन्छ । अभिनयमा पनि उनी अब्बल देखिएिकी छिन् । सार्वजनिक भएको गीतमा जगत घिसिङ र शशिकला मोक्तानको आवाज रहेको छ । डान्सीङ जेनरमा निर्मित गीतको शब्द डुप्साङ लामाले लेखेका हुन् । गीतमा जोगलाल लामाको संगीत रहेको छ ।

मे ९ तारिखमा युट्युबमा अपलोड गरिएको चलचित्रको यो गीतलाई यो समाचार तयार पार्दासम्म २ हजार ३९ पटक हेरिएको छ । भूकम्प पीडितको कथामा आधारित भनिएको चलचित्रको कथा चलचित्रका निर्देशक बिनय दोङ तामाङले लेखेका हुन् । छुमि लमिनी र म्हारसाङ घिसिङको संयुक्त लगानिरहेको चलचित्रको यो गीतमा बुद्ध लामा तितुङको कोरियोग्राफी रहेको छ । चलचित्रको पटकथा तथा संवाद रितुराज पाख्रीनले लेखेका छन् भने छायांकन ज्ञानु राईले गरेका हुन् । चलचित्रको यस अघि नै ‘एदेन ङाला चु माया मी’ बोलको गीत सार्वजनिक भएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*